गोविन्द घिमिरे-अध्यक्ष : नेपाल जडीबुटी उत्पादक संघ
तथा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न अधिवेशनमा वस्तुुगततर्फको सदस्य पदका उम्मेद्वार

निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढेको छ । तपाईले पनि वस्तुुगततर्फ सदस्य पदमा उम्मेद्वारी दिनुुभएको छ । चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?

उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभाका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुुगततर्फको उपाध्यक्षमा शंकर पाण्डेको टिमबाट मैले पनि वस्तुुगततर्फको सदस्य पदमा उम्मेद्वारी दिएको छुु । सशक्त संगठन र महासंघको सुदृढीकरण मेरो प्रमुख एजेण्डा हो । महासंघको अहिलेको आर्थिक गतिविधिमा जुन किसिमको एउटा छाया जस्तो भइरहेको अवस्था छ, यो अवस्थालाई सुधार गर्नेछौ, हाम्रो टिम यो काममा लागिपर्नेछ । महासंघमा प्रतिनिधित्व नगरे पनि मैले विगत ८ वर्षको अवधिमा जुन किसिमको चेम्बर आन्दोलनमा भूमिका निर्वाह गरेँ, जुन सक्रियता देखाएँ, त्यसको आधारमा अझ सशक्त ढंगले टिमभित्र रहेर काम गर्नसक्छुु भन्ने आत्मविश्वासहित उम्मेद्वारी दिएको छु । र, मेरो क्षेत्र भनेको कृृषि र वन हो । नेपालको सन्दर्भमा कुरा गर्दा, कृषि र वन क्षेत्रले नेपालको ८० प्रतिशत रोजगारमूलक उद्योगहरु धानेको छ । हाम्रो दिगो आर्थिक उपार्जनको माध्यम र नेपालीहरुको आर्थिक उन्नति गर्ने यही क्षेत्रबाटै उम्मेद्वारी दिएको हुुँ । यो क्षेत्रमा लगानी जुन किसिमले बढाउनुुपथ्र्यो, यसका लागि महासंघले जुन किसिमको भूमिका निर्वाह गर्नुपथ्र्यो, त्यो भएन । महासंघ ठूला घरानाको जस्तो मात्र भयो । साना र मझौला उद्योगी व्यवसायीको महासंघमा प्रतिनिधित्व होस् भन्न उद्देश्य र महासंघलाई साना उद्योगीको समेत प्रतिनिधिमूलक संस्था बनाउने हिसाबले मैले आफ्नो उम्मेद्वारी दिएको छुु । 

तपाईले अहिलेको महासंघको नेतृत्वको कामप्रति प्रश्न उठाउनुुभयो । महासंघका नेतृत्वमा रहेकाहरुले गर्न नसकेका काम के हुुन् ? र, ती कामलाई तपाईको टिमले जित्यो भने कसरी पूरा गर्नुहुन्छ ?
अघिल्लो कार्यकालको सवालमा महासंघ द्विविधामा थियो । विशेष गरी अध्यक्षको हकमा विधानका कुरा, नैतिकताको कुराहरु उठे । यही कारण जितेर आएको अध्यक्षले आधा कार्यकालमै छाड्नुुपर्यो । त्यसपछिको नेतृत्व परिवर्तनका कुराहरुमा खिचातानी, टिका लगाउने संस्थाको रुपमा महासंघ देखियो । पूर्व अध्यक्षहरु नै दुईवटा टिममा रहेर महासंघलाई निस्क्रिय बनाउने काममा संलग्न भए, यो हाम्रा लागि(निजी क्षेत्रका लागि) दुुर्भाग्य भयो । यस्तो हुनुुहुँदैन थियो । त्यसपछि जुन किसिमले विधान संसोधन भयो, त्यो पनि गलत भयो, टिके प्रथाकै निरन्तरताको रुपमा यसलाई ल्याइयो । तर, दुुर्भाग्यवश त्यही विधान पास भएको छ । 

हाम्रा वस्तुुगतका प्रकृति हेर्दा ६ वटा क्षेत्र छन् । विभिन्न क्षेत्रको प्रतिनिधित्व महासंघमा हुनुुुपर्छ । आफ्नो क्षेत्रलाई सशक्त ढंगले प्रवद्र्धन गर्न र निजी क्षेत्रमैत्री नीति ल्याउने कुरामा समेत हामीले क्षेत्रगत उम्मेद्वारी दिएका छौ । यसभन्दाअघि क्षेत्रगत प्रतिनिधित्व नभई, आफ्नो पहुँच र प्रोक्सीको भरमा जितेर जाने प्रथाले पनि महासंघ चुक्यो । एउटा निजी क्षेत्रले अर्को निजी क्षेत्रको अवमूल्यन गर्ने हिसाबले समेत प्रतिनिधित्व भएको देखिन्छ । त्यो हिसाबले पनि हाम्रो सशक्त टिम आसन्न निर्वाचनको तयारीमा होमिएको छ र हामी महासंघमा पुुगेर आमूल परिवर्तन गर्नसक्छौ । महासंघका कारण झुुकेको उद्योगी व्यवसायीको शिर उचो बनाउन सक्छौ ।  

तपाईले जित्ने आधार के–के हुन् ?
मैले विगतमा चेम्बर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको छुु । निर्यात प्रवद्र्धनको कुरा गरौं, जडीबुटी क्षेत्रको उद्योगी व्यवसायी भएको हिसाबले कलेक्टिभ ट्रेडमार्क दर्ता गराउने सवाल नै किन होस् । लगानी प्रवद्र्धनको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उद्योग वाणिज्य महासंघबाट हाम्रो संघले दोश्रो पुरस्कार पायो । यी सबै आधारले पनि म त्यो संस्थामा गएर सशक्त ढंगले काम गर्नसक्छु भन्ने विश्वासहित मैले उम्मेद्वारी दिएको हुँ । १८ वर्षको दौरानमा मैले ग्रामीण समुदायदेखि अन्तराष्ट्रिय क्षेत्रसम्म काम गरेँ । अन्य विभिन्न ठाउँमा काम गरेको अनुुभवहरु पनि छन् । हाम्रो जुन नेटवर्क छ, उहाँहरुको बस्तुुलाई अन्तराष्ट्रिय रुपमा चिनाउन जुन भूमिका निर्वाह गरेँ, त्यसले समेत मलाई उठ्न प्रेरित गर्यो । र, मलाई आशा छ, वस्तुुगत संघका साथीहरुले पनि यो मेरो कार्यानुुभव र महासंघको सशक्त टिममा म जस्तो खारिएको व्यक्ति जाँदा मैले पनि केही गर्नसक्छुु भन्ने कुरा बुझिदिनुुहुनेछ । 

तपाईले जित्नुुभयो भने कृषि र वनसँग सम्बद्ध उद्योगी व्यवसायीका लागि के गर्नुहुन्छ ?
अहिले विशेष गरी हाम्रो क्षेत्रमा नीतिगत पोलिसीमै समस्या छ । ती पोलिसीहरुमा परिमार्जन र संसोधन गर्ने कार्यमा मेरो सशक्त भूमिका हुनेछ । यस्तै, निर्यात बढाउने कुरामा हामीले जे–जस्ता समस्या भोगेका छौ, अन्तराष्ट्रिय मापदण्ड, गुणस्तरका कुरामा जुन किसिमले काम गर्नुपर्नेछ, अनुुभवका आधारमा पनि म त्यहाँ बसेर काम गर्न सक्छुु भन्ने विश्वास छ । अन्तराष्ट्रिय मेला सम्मेलनका कुरा, अन्तराष्ट्रिय अनुुभवका कुराहरुको मलाई लामो अनुुभव छ, मेरो संघमा पनि साथीहरुले मलाई तेश्रो कालसम्म पनि निर्विरोध अध्यक्ष त्यसै बनाएको होइन होला । यो अनुुभवले पनि म महासंघमा गएर काम गर्नसक्छुु भने विश्वास छ र साथीहरुमाझ त्यही प्रतिबद्धता पनि । 

अन्तमा मतदातालाई केही भन्नुु छ ?
वस्तुुसंघमा ९९ वटा संघ छौ हामी । हामी एकअर्कामा सहकार्य गरेर गएनौ भने निर्यात प्रवद्र्धन, उत्पादन वृद्धि र लगानी ल्याउने कुरा असंभव झै हुन्छ । एउटा व्यापारको चेनभित्र ९९ वस्तुुगत संघ एकअर्कामा गाँसिएका छन् । म मेरा सबै ९९ वटा वस्तुुगत संघका साथीहरुमा आग्रह गर्छु, सशक्त महासंघको अभियानका लागि अगाडि बढेको छुु, मलाई अवसर दिनुुहोस् । तपाईको एक अमूल्य मतले मैले सोचेको र तपाईले सोचेका सपनाहरुलाई साकार पार्न म आफू प्रतिबद्ध छुु । तपाईकै अनलाइनमार्फत सबै साथीभाईहरुलाई मेरो यही विनम्र अनुरोध छ ।