काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालन गरेको ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ पहिलो चरणको एकमहिने कार्यक्रम सम्पन्न भएको छ। 

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते सौराहामा कार्यक्रमको उद्घाटन गरी कार्यक्रमको प्रारम्भ गरेका थिए। पुस ११ गते हिमाली जिल्ला रुकुम पश्चिमबाट महिलाहरुको रोजगारी र समृद्धिको नारासहित तालिम कार्यक्रम सञ्चालन गरिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले रुकुम पश्चिमबाट सञ्चालन गरेको पहिलो चरणको तालिम कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा तालिम कार्यक्रम सञ्चालन भएपछि सम्पन्न भएको छ। 

एकमहिने ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम अहिलेसम्म २१ जिल्लामा सञ्चालन गरिएको छ। १ हजार ७५० भन्दा बढीलाई सहभागी गराइएको यो तालिम कार्यक्रम रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाण्डौ, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट, धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भइसकेको छ।

महिलाहरुको उत्साहप्रद र सक्रिय सहभागिता रहेको यो कार्यक्रम गएको हप्ता नारायणघाट, कावासोती, बुटबल, र पाल्पामा कार्यक्रम सम्पन्न भयो। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान गरेका थिए। 

त्यसैगरी दमौली, लमजुङ र गोरखामा सञ्चालित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए। 

समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार हुन प्रोत्साहन गर्ने र आय बृद्धि हुने काममा लगाउने उद्देश्यले उक्त सबै एक महिने कार्यक्रम संचालन गरिएको थियो। पहिलो चरणको निर्धारित तालिम कार्यक्रम सम्पन्न भइसकेको छ। ७०० भन्दा बढी महिला स्वरोजगारमा आबद्ध भइसकेका छन्। 

फागुन र चैतभित्र दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ। दोस्रो चरणमा थप १ हजार महिलालाई स्वरोजगार बनाउने र नियमित आय आर्जनका लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको छ। 

स्वरोजगारी र आय आर्जन कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चैतभित्र देशैभरि महिलाहरुसँग अन्तक्रिया तथा उत्प्रेरणा प्रदान गर्ने गरी थप कार्यक्रम सञ्चालन गरिने पनि कम्पनीले जानकारी दिएको छ।