काठमाण्डौ । ‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता समारोहमा खल्तीका व्यापार विकास अधिकृत आदित्य थापा र मुक्तिनाथ विकास बैंकका डिजिटल बैंकिङ शाखा प्रमुख राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

यस सम्झौताअनुसार अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

सम्झौताको बारेमा बोल्दै मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले भने–‘हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौं । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौं ।”

त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भने–‘मुक्तिनाथ विकास बैंकसँग यो सम्झौता गर्न पाउँदा हामी पनि उत्साहित छौं । अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ ।’

सन २०१७, जनावरी २६ बाट नेपालीबजारमाआरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, बिमाशुल्कभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख बढी रहेको छ ।