काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’ पोर्टल आज बुधबारबाट सहज ढंगले चल्न थालेको छ।

विगत एक साताभन्दा बढी समयदेखि मेरो सेयर पोर्टलमा समस्याहरु देखिएका थिए। जसका कारण प्रयोगकर्ताहरुले हैरानी व्यहोर्नुपरेको थियो। 

धितोपत्र दोस्रो बजारमा सेयर बिक्रीपछि मेरो सेयर पोर्टलबाटै अनिवार्य रुपमा ईडीआईएस गर्नुपर्ने व्यवस्था गरिएको छ। यो पोर्टलमा समस्या आएपछि लगानीकर्ताहरुले ईडीआईएस गर्न नपाएर हैरान भएको गुनासो गर्दै आएका थिए। 

सीडीएससीले केही प्राविधि गडबडीका कारणका कारण मेरो सेयर पोर्टलमा केही दिन समस्या देखिएको जनाएको छ। हाल समस्या समाधान भइसकेकोले पोर्टल सहज ढंगले चलिरहेको सीडीएससीले जनाएको छ।