काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा आज फेरि प्राविधिक समस्या देखिएको छ। जसका कारण मेरो सेयर खुल्न सकिरहेको छैन।
सीडीएससीका अनुसार मेरो सेयरमा प्राविधिक समस्या देखिएपछि खुल्न नसकेको हो। बिहान ११ बजेदेखि नै मेरो सेयर खुलेको छैन।
मेरो सेयर नखुल्दा लगानीकर्ता मारमा परेका छन्। पटकपटक मेरो सेयरमा समस्या आउँदा झन्झट व्यहोर्नुपरेको उनीहरुको भनाइ छ।
सीडीएससीका अधिकारीहरुले मेरो सेयरमा देखिएको प्राविधिक समस्या समाधान गर्ने प्रयास भइरहेको बताएका छन्। प्राविधिक समस्या हल गरी छिटै मेरो सेयर सञ्चालन ल्याउने कोसिस रहेको उनीहरुको भनाइ छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago