काठमाण्डौ। फोनलोनले आफ्नो ३–हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ। 

यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति भएका हुन्। उनले सामसुङको ५५–इन्च स्मार्ट टीभी जितेका छन्। 

यो क्याम्पेन असार १ गतेदेखि २३ गतेसम्म चलेको थियो। यसमा फोनलोन सञ्जालका ५ बैंकहरु लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ता सहभागी हुन सक्ने थिए। यस क्याम्पेनमा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा लिनुपर्ने थियो। 

विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो। यस क्याम्पेनमार्फत फोनलोनले ग्राहकहरुमाझ कागजरहित र धितोरहित स्मार्ट लोन सुविधाबारे जानकार गराइएको छ।