काठमाण्डौ । पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर युुरोपको इटलीलाई मानिन्छ, जहाँ दैनिक कोरोना भाइरसकै कारण ८०० हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको छ । यहाँ दैनिकजसो मृत्यु हुने मानिसको संख्या देख्दा संसार नै आतकिंत बन्न पुगेको छ । यो अत्यासलाग्दो कहर भोग्ने इटलीकै जनता र त्यहाँ रहेका अरुलाई झन् कति ठूलो त्रास होला ?

इटलीको यो भयावह अवस्थाका बीच हालसम्म कुनै पनि नेपालीलाई कोरोना संक्रमण भएको छैन । यस्तो दाबी गर्दै बिजशालाको सम्पर्कमा चितवन जिल्लाको टाँडी स्थायी घर भएका र हाल इटलीको मिलानो सहरमा बसोबास गर्र्दै आइरहेका लक्ष्मीप्रसाद सापकोटा आएका छन्। 

सापकोटा विगत ५ वर्षदेखि रेष्टुरेष्टमा कार्यरत छन् । इटली लकडाउन भएको १ महिना भइसक्यो, उनी आफ्ना साथीहरुसँग आफ्नै फ्ल्याटमा सुुरक्षित हुुन बिदामा रहेछन् ।

गैरआवासीय नेपालीहरुको मितेरी मञ्च नामक संस्थामा पनि सक्रिय सापकोटा ६ जना नेपालीहरुसँगै फ्ल्याटमा बसिरहेको सुनाए । नेपालीहरुमा हालसम्म कोरोनाभाइरसको संक्रमण देखा नपरेको उनले दाबीसमेत गरे ।

कोरोनाभाइरसबाट धेरै संक्रमित हुने सहरमा मिलानो अग्रपंक्तिमा आउँछ ।

मिलानो सहरमा सुुपरमार्केट, खाद्यान्न पसलहरु खोलिएकाले कुुनै समस्या नभएको सापकोटाको जिकिर छ । उनका अनुसार दुुई महिनाअघिकै दररेटमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध हुन्छ । २–३ मिटरको दूूरी कायम गरेर स्टोरहरुबाट उपभोग्य सामाग्री ल्याइरहेको उनले सुुनाए । 

सापकोटासँगै बसेका अरु ५ जनामध्ये पालोपालो डिपार्टमेन्ट स्टोरबाट दैनिक उपभोग्य सामाग्री ल्याइरहेको उनले बताए । दैनिक अत्यावश्यक वस्तुुहरुको आपूूर्तिमा कुुनै पनि प्रकारका अभाव नभएको उनले दाबी गरे । बाहिरबाट आइसकेपछि सुुरक्षा र सतर्कतामा कुुनै कसर बाँकी नराखी बस्दै आएको उनको भोगाइ छ ।

इटलीमा बैधानिक रुपमा बसेर सम्झौतापत्रमा काम गरिरहेका स्वदेशी वा बिदेशीलाई त्यहाँको सरकारले तलबको ८० प्रतिशत रकम बैंक खातामा पठाइदिइरहेको छ । 

डिपार्टमेन्ट स्टोरहरुमा कार्डबाट भुुक्तानी गर्ने व्यवस्था भएकाले बैंक जानुुपर्ने अवस्था छैन । जसका कारण नगदबाट कोरोना सर्ने संभावना पनि छैन । 

इटलीको कुुल जनसंख्या ६ करोड १३ लाख रहेको छ । एनआरएनको तथ्यांकअनुुसार इटलीमा मात्र करिब १५ सय नेपालीहरु बसोबास गरेको सापकोटाले जानकारी दिए। एनआरएनको सम्पर्कबाहिर करिब ३०० जना नेपालीहरु इटलीमा रहेका अनुमान छ ।

सापकोटाका अनुुुसार इटलीमा हालसम्म कुुनै पनि नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणले भेटेको छैन । पछिल्लो तथ्यांकअनुुसार इटलीमा मात्र दैनिक करिब ८०० जना मानिसको मृृत्युु कोरोना भाइरसले भइरहेको छ । हाल लकडाउनका कारणले संक्रमण केही घटेको पनि उनले दाबी गरे । 

सापकोटाका अनुुसार त्यहाँका सरकारले अझै १ महिना लकडाउन थप गरेको छ ।

त्यहाँ रहेका सम्पूूर्ण नेपालीहरु हालसम्म सुुरक्षित नै रहेका र उच्च सतर्कतामा सहज तवरले बसिरहेका सापकोटाले बिजशालालाई जानकारी दिएका छन् ।