काठमाण्डौ । साताको पहिलो करोबार सोमबार आज बजारमा झन्डै १४ अंकले गिरावट आएको छ।
कारोबारको पहिलो २ घन्टा बढेका बजार अन्तिम समयसम्म टिक्न सकेन। आज बजार घट्दा अघिल्लो साताको बिहीबारको तुलनामा कारोबार बढेको छ। बजार घट्दा कारोबार बढ्नु त्यति राम्रो संकेत होइन।
गएको सातादेखि करिब ४–५ वटा क्यान्डलाई मिलाएर हेर्दा क्रमिक रुपमा बजारले ‘लङ अप्पर स्याडो’ बनाएको छ। यसले बजारमा बिक्री दबाब परेको तथा नाफा बुक हुँदै गएको देखिन्छ। खासगरी बजारमा एकैदिन ७ अर्ब कारोबार भएपछि गिरावट आएको छ।
आवरली चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले आज मध्य ब्यान्डबाट केही तल झरेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यसले बजारमा बिक्री चाप परेको देखिन्छ।
त्यसैगरी म्याक्डीमार्फत हेर्दा गत १० जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।
आरएसआई ओभर बट जोन ८८ बाट घटेर हाल ४७ को तहमा पुगेको छ। यस्तो तह ओभर सोल्ड जोन ३० भन्दा तल पनि जान सक्छ।
हाल आएको करेक्सन अब कतिसम्म तल आउला भनेर बुझ्ने एकमात्रै उपाय भनेको फिवोनासी रिट्रेस्मेन्ट नै हो। जसअन्तर्गर्त ०.२३ प्रतिशतको सपोर्ट २१७८ हुन आउँछ। जुन बजारले भत्काइसकेको छ।
अबको नजिकको सपोर्ट ०.३८ प्रतिशतको विन्दु भनेको २११५, ०.५ प्रतिशतको सपोर्ट भनेको २०६० को विन्दुमा र ०.६१ प्रतिशतको सपोर्ट भनेको २०१२ सम्म हुन जान्छ। तर, बजार बलियो सपोर्ट भनेको २११५ मा देखिन्छ र त्यहाँबाट पनि तल झरेमा २०६० हुन आउँछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago