-पर्शुराम कुँवर क्षेत्री(प्रमुख कार्यकारी अधिकृत)-जनता बैंक नेपाल

मौद्रिक नीति सन्तुलित छ । ओभरअलमा हेर्दा सीआरआर घटेको छ, एसएलआर पनि घटेको छ । लेण्डिङ गर्ने क्षमता बढ्छ, स्प्रेड घटेको छ, त्यसले ब्याजदरमा स्थिरता आउँछ । ब्याजदर करिडर ४ प्रतिशतबाट ३ प्रतिशतमा झरेको छ,त्यसलाई बिस्तारै घटाउँदै लैजाने भनेको छ, समग्रमा ठीक छ । 

सबै बिरामीको उपचार एउटै उपाय हुनसक्दैन । विगतमा विकास खर्चमा हामीले ध्यान दिएनौ, राजनीतिमा बढी ध्यान दियौं । अब आर्थिक वृद्धिमा ध्यान दिने हो, राजनीतिक इस्यू छैन । यो हुने बित्तिकै आर्थिक गतिविधि बढ्छ  । कतिपय इस्यूहरु आर्थिक गतिविधिको बढोत्तरीसँगै आफैं सम्बोधन हुँदै जान्छ । मेरो विचारमा मौद्रिक नीतिले ओभरअल गर्नसक्ने धेरै ठाउँ पनि हुँदैन । 

रेटिङ एजेन्सीको कुरा आएको छ । २५ करोड भन्दा माथिका लोनहरुमा स्टकको भेरिफिसकेसन गर्नुपर्छ भन्ने कुराहरु छन्, हाम्रा सुझावहरु पनि समेटिएका छन् । कतिपय व्यवस्थाले पारदर्शिता वृद्धि हुन्छ, सरकारको राजश्व बढ्छ ।

भारुमा ऋण लिन पाउने, ब्रोकर लाइसेन्स लगायतका वािणज्य बैंकका धेरै कुरा सम्बोधन भएका छन् । मौद्रिक नीतिमा टेकेर सर्कुलर आउला, तयसले थप कुरा प्रष्ट्याउला । तर अहिलेलाई मौद्रिक नीति आशा जगाउने खालको आएको छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।