काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बच्न यतिबेला अधिकांश देश लकडाउनमा छन्। यही बेला वैज्ञानिकहरुले सूर्य पनि ‘लकडाउन’ मा गएको अनौठो खुलासा गरेका छन्। जसका कारण अहिले विश्वभरको चिसो मौसम हुनुका साथै भुुइँचालो र भोकमरी सम्भावना पनि बढेको उनीहरुको ठहर छ।

वैज्ञानिकहरुका अनुुसार सूर्य यतिबेला “सोलार मिनिमम” को अवस्थामा छ। यो यस्तो अवस्था हो जहाँ सूर्यको सतहमा भइरहने गतिविधहरुमा नाटकीय गिरावट आउने गर्दछ। 

बेलायतको पत्रिका ‘द सन’ मा हालै प्रकाशित समाचार अनुसार वैज्ञानिकहरुले यतिबेला पहिले कहिल्यै रेकर्ड नगरिएको घामको “मन्दी” को गहिराइमा प्रवेश गर्न लागेको बताएका छन्। ‘सूर्यमा रहेका ‘सन स्पट’ हरु पनि हराएका छन्’, खगोलविद् डा टोनी फिलिप्स्ले भनका छन्, “सोलार मिनिमम आउनै लागेको छ र यो एकदमै गहिरो खालको छ।’

सन स्पटले पछिल्लो शताब्दीकै सबैभन्दा गहिरो सोलार मिनिमम हुुन सक्ने संकेत गरेको डा फिलिप्सले बताए। ‘‘सूर्यको चुुम्बकीय क्षेत्र कमजोर बनेको छ, जसले  ब्रह्माण्डका अतिरिक्त किरणलाई सौर्यमण्डलमा प्रवेश गर्न दिइरहेको छ”, उनले भने “अतिरिक्त ब्रह्माण्डको किरणले अन्तरिक्ष यात्रीहरु र पोलार एअर यात्रीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नेछ र पृथ्वीको माथिल्लो वायुुमण्डलको इलेक्ट्रो केमिस्ट्रीमा प्रभाव पार्नेछ। यसका साथै पहिलेभन्दा धेरै बिजुुली पनि चम्कनेछ।” 

नासाका वैज्ञानिकहरुले यसले सन् १७९० देखि १८३० को बीचमा देखिएको ‘डाल्टन मिनिमम’ को पुुनरावृत्ति निम्त्याउन सक्ने चिन्ता प्रकट गरेका छन्। जसका कारण पृथ्वीमा अत्यन्तै चिसो, बाली नष्ट, भोकमरी र शक्तिशाली ज्वालामुुखी निम्तिन सक्नेछ। 

सन् १८१५ अप्रिल १० मा एन्डोनेसियाको माउन्ट ताम्बोरामा एकदमै ठूलो र शक्तिशाली ज्वालामुुखि विस्फोट भएको थियो। उक्त ज्वालामुुखी विगत २ हजार वर्षमा देखिएको दोस्रो ठूलो ज्वालामुखी थियो। यो ज्वालामुखीका कारण त्यतिबेला ७१ हजार मानिसको मृत्युु भएको थियो। 

यो घटनाका कारण सन् १८१६ मा गर्मी मौसम देखिएको थिएन। –द सनबाट