महालक्ष्मी लाइफ इन्स्योरेन्स मुलुकको कान्छो जीवन बिमा कम्पनी हो । कान्छो जीवन बिमा कम्पनी भए पनि यसलाई बिमा क्षेत्रमा लामो अनुभव हासिल गरेका र इतिहास बनाएकाहरुले हाँकिरहेका छन् । यहीकारण छोटो समयमै महालक्ष्मी लाइफका मुख्य परिसूचकहरु बलिया बन्न थालेका छन् । महालक्ष्मी लाइफले सूचकमा मात्र आफूलाई अब्बल बनाइरहेको छैन, बिमा बजारमै पृथक र निकै उपयोगी प्रडक्टहरु ल्याइरहेको छ, यसले समेत बजारमा यो कम्पनीको चर्चा भइरहन्छ । कम्पनीलाई छोटो समयमै परिचित गराउन र पुराना कम्पनीको प्रतिस्पर्धी बन्नसक्ने संकेत देखाउने गरी काम गर्नका लागि महालक्ष्मीको उच्च व्यवस्थापनमा निकै बलियो टिम रहेको छ । यो कम्पनीको डेपुटी सीइओको रुपमा कमल पन्थीले जिम्मेवारी निर्वाह गरिरहेका छन् । नवीन प्रडक्ट डिजाइनमा विशेष दख्खल भएका पन्थीले महालक्ष्मीभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्समा रहेर लामो समय काम गरेका थिए । प्रस्तुत छ पन्थीसँग बिजशालाका लागि धर्म मलाशीले गरेको कुराकानी:
 
नेपालको वर्तमान बीमा क्षेत्रको अवस्था कस्तो छ ? 
–कोभिड–१९ महामारीअगाडिको कुुरा गर्ने हो भने जीवन बीमा व्यवसाय एकदमै राम्रो ढंगले अगाडि बढिरहेको थियो। तर यो महामारीपछि केही हदसम्म थोरै ‘ल्याक’ भएको छ। 
 
नेपालमा लकडाउन जारी भएको १–२ महिनासम्म जीवन बीमा बजारमा सुुस्सता छायो। अहिले विस्तारै गति लिने क्रममा छ। 
 
वर्तमान समयमा पनि हामी कोभिड फेजमै रहेकाले केही प्रभाव भने अवश्य पनि परिरहेकै छ। प्रभाव पनि दाबीभुक्तानी नभई नयाँ व्यवसायमा परिरहेको छ। 
 
कोभिड महामारीका कारण देशका प्रत्येक क्षेत्रमा प्रभाव परेको छ। बीमा क्षेत्रमा यसले पारेको सकारात्मक वा नकारात्मक प्रभाव के होला ? 
– अब यसलाई दुुईवटा दृष्टिकोणबाट हेर्नुुपर्ने हुुन्छ। नकारात्मक प्रभाव भन्नाले अहिले नयाँ व्यवसाय सुुरु हुुन सकिरहेको छैन। पहिले जुुन तरिकाले चलिरहेको थियो, अहिले त्यसरी चल्न सकिरहेको छैन। नयाँ व्यवसायलाई सञ्चालन र वृद्धि गर्न कठिनाइ भइरहेको छ। 
 
अर्काे पक्ष के भने आम मानिसको आय–आर्जनमा पनि यसले कमी ल्याइदिएको छ। जसले गर्दा बीमितहरुलाई प्रिमियम तिर्न गाह्रो परिरहेको छ। यो आर्थिक वर्ष भर्खरै सकिएकोले उपभोक्ताको खर्च गर्ने क्षमता घट्दा बीमा क्षेत्रमा कस्तो असर पर्यो भनेर यकिन गर्ने काम भइरहेको छ। त्यसको हिसाब विस्तारै आउला। 
 
सकारात्मक पक्ष चाहिँ के मात्रै हो भने बीमा भनेको जोखिम बहन गर्न गरिने कार्य हो। त्यसैले ७२ सालको भूकम्प र अन्य दैविक प्रकोप तथा अहिले देखिएको कोभिड महामारीले मानिसहरुलाई जीवनमा जतिबेला जे पनि हुुनसक्ने रहेछ भनेर सन्देश प्राप्त भएको छ। यस्ता विपत्तिकै कारण मानिसहरुलाई जीवन बीमा भन्ने चिज गर्नुुपर्ने रहेछ भन्ने आभाष भएको छ। जीवन अनिश्चित छ। जतिबेला पनि जे पनि हुुनसक्छ। मृत्युु एउटा साश्वत सत्य हो। दैनिकको भागदौड र व्यस्तताका कारण मानिसहरुले यसलाई भुुलिरहेका हुुन्छन्। तर यस्ता महामारी र प्राकृतिक विपत्तिहरुले मानिसहरुलाई आफ्नो अनिश्चित भविष्यबारे आभाष गराउने काम गर्दछन् र उनीहरु बीमा गर्न तयार हुुने गर्दछन्। 
 
नेपालमा कोरोनाबाट हुुने मृत्युुदर कम रहेकाले मानिसहरुले यसबारे त्यति महसुुस गर्न पाएका छैनन्। तर पनि यस्ता घटनाले मानिसहरुलाई जीवन बीमा गर्नुुपर्छ भनेर झक्झकाउने काम भने गरेको छ। अब यसलाई सकारात्मक मान्ने कि नमान्ने भन्ने विषय आफ्नो व्यक्तिगत धारणाको हो। 
 
कोभिड १९ पछि बीमा समितिले बीमा पुलमार्फत कोरोना बीमालेखको अवधारणा ल्याएको छ। यसले बीमा सचेतनामा कत्तिको प्रभाव पारेको छ जस्तो लाग्छ ? 
– निश्चय पनि यसले एकदमै राम्रो प्रभाव पारेको छ। कोरोनाका कारण जे पनि हुुन सक्छ भन्ने आम मानिसको धारणा बनेकाले यसप्रति आर्कषण धेरै देखियो। जब निर्जीवन बीमा कम्पनीहरुले पनि बिक्री गर्न थाले तब छोटो समयमा पनि धेरै बिक्री भयो। तर पछिल्लो समयमा बीमा कम्पनीहरुले यो गतिमा कोरोना बीमा बिक्री हुुने हो भने दाबीभुुक्तानी तिर्न गाह्रो हुुन्छ कि भनेर बीमा कम्पनीले हस्तक्षेप गरेर एक दिन स्थगित गरेर त्यसलाई फेरि सुुचारु गरेको थियो। वास्तवमा भन्नुुपर्दा कोरोना बीमालेखको अवधारणाले एकदमै सकारात्मक प्रभाव पार्यो र साथसाथै यसले बीमा क्षेत्रको सम्भावनालाई समेत औँल्याएको छ। जनतालाई खोजेकै बेला सजिलै हुुन सक्ने बीमा भयो भने बीमा बिक्री गर्न सकिने रहेछ भन्ने सन्देश प्रवाह गरेको छ । 
 
कोभिडका कारण जीवन बीमा कम्पनीहरुको यो आर्थिक वर्षको ब्यालेन्स सिटमा चाहिँ कस्तो प्रभाव पर्ला ? 
-कोरोना महामारीका कारण जीबन बीमा कम्पनीहरुको हकमा ब्यालेन्ससिटमा त्यति धेरै प्रभाव पर्ने देखिएको छैन। किनकि कोरोनाका कारण मृत्युु भएको घटना एकदमै न्यून देखिएको छ र त्यसमा पनि मृत्युु भएका कतिले बीमा गरेका थिए भनेर जानकारी आएको छैन। त्यसकारणले गर्दा दाबीभुुक्तानीको समस्या देखिएको छैन। तर आम्दानी नबढ्दा खर्च यथास्थितिमा भएकाले यसले केही असर पार्ला। 
 
अर्काे कुुरा के भने जीवन बीमा कम्पनीमा ९० र १० प्रतिशतको अनुुपात हुुने गर्दछ। ९० प्रतिशत कोषमा जाने गर्दछ भने १० प्रतिशतमात्रै प्रोफिट एन्ड लस अकाउन्टमा आउने भएकाले त्यो प्रभाव त्यति धेरै देखिँदैन। 
 
बीमा समितिको निर्देशनमा लकडाउन अवधिभर अर्थात चैत ११ गतेदेखि असार २२ गतेसम्मको ब्याज छुुट गरिएको थियो। ब्याजमा गरिएको त्यो छुुटले घाटा हुुने भयो। अर्बौं कारोबार हुुने कम्पनीमा त्यो १०–१२ प्रतिशत ब्याज पनि ठूलो हुुनसक्छ। तर महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ कम्पनी भएकाले त्यति धेरै घाटा नहोला तर अन्य कम्पनीहरुलाई भने केही न केही असर हुुने देखिन्छ। तथापि यसको डेटा आउन भने बाँकी नै रहेको छ। 
 
कोभिड महामारीबीच सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अबको ३ वर्षभित्र बीमाको पहुँच जनसंख्याको ४० प्रतिशतमा पुुर्याउने भनेको छ। यो नीतिका कारण बीमा कम्पनीहरुको बिजनेसमा के प्रभाव पर्छ ?
– निश्चय पनि बीमा व्यवसाय बढ्नुु भनेकै बीमा कम्पनीलाई फाइदा हुुनुु हो। त्यसैले यसले सकारात्मक प्रभाव पार्छ नै। तर खास कुुरो के हो भने बीमाको दायरा बढाउनका लागि सम्बद्ध निकायहरु बीमा समिति र अर्थ मन्त्रालयले सकारात्मक भूमिका खेले भने बीमाको बजार बढ्ने सम्भावना धेरै छ। सबै बीमा कम्पनीहरु बजारकै अधीनमा हुुने भएकाले बजार बढ्दा सबैले प्रतिफल पाउने हुन् । यसले बजार बढाउन र विस्तार गर्न पनि फाइदा पुुर्याउनेछ। 
 
बीमा कम्पनीहरुलाई लाग्ने गरेको एउटा आरोप के भने बीमा कम्पनीहरु सहरकेन्द्रीत भए, यिनीहरुले कम आम्दानी भएका ग्रामीण भेगका बासिन्दालाई समेटे्न सकेनन् भन्ने छ। के साँच्चै अवस्था यस्तै हो ? 
– यस विषयमा मेरो धारणा अलि भिन्न छ। निर्जीवन बीमा कम्पनीको हकमा यसमा केही सत्यता पनि होला। किनकि उनीहरु गाउँ–गाउँमा पुुग्न नसकेको अवस्था छ । तर जीवन बीमाको हकमा बीमा व्यवसाय कम्पनी आफैँले गर्ने नभई अभिकर्तामार्फत हुुने हो।  अहिले नेपालमा १९ वटा जीवन बीमा कम्पनी छन्। ती सबै देशका कुुना–कुुनामा अभिकर्तामार्फत पुगेर सेवा दिइरहेका छन्। त्यसैले जीवन बीमा कम्पनी गाउँ–गाउँ पुुगेनन् भन्नेमा सत्यता छैन। बीमा सम्बन्धी सचेतनाको कमी भने देखिन्छ। अहिले नेपालमा ५० प्रतिशत मानिसले जीवन बिमा गर्न सक्ने अवस्था रहेकोमा २५ प्रतिशत जनसंंख्याले मात्रै जीवन बीमा गरेकाले सचेतनाको केही कमी पक्कै पनि देखिन्छ। यद्यपि जीवन बीमामा अथाह सम्भावना रहेको कुुरालाई नकार्न सकिँदैन। यो सम्भावनालाई ‘ग्रयाब’ गर्न सकियो भने त्यसले पक्कै पनि सकारात्मक प्रभाव पार्न सक्छ। 
 
अहिले आम सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा कोरोनाका बारेमा देखिएको सचेतनाले मानिसहरुलाई ‘कोरोना बीमा’ गर्न प्रेरित गरेको छ।  मानिसहरुलाई बीमाको आवश्यकता बुुझाउन सकियो भने बीमाको सम्भावना एकदमै धेरै छ।
 
बजेटमै लघुुबीमालाई समेत प्राथमिकतामा राख्ने भनिएको छ। यो नीतिका कारण बीमा कम्पनीहरुलाई पर्नसक्ने सकारात्मक वा नकारात्मक प्रभाव के हुुन्छ ? 
– यसको लाइन हेर्दा नियामक निकायले प्रोडक्ट नै छुुट्टै भन्ने हिसाबमा गइरहेको छ। बीमा नियामक आफँैले ३ लाख रुपैयाँसम्मको बीमालाई लघुुबीमा भनेको छ। तर अहिलेका जीवन बीमा कम्पनीहरुले बेचिरहेका बीमाहरु ३ लाख रुपैयाँभन्दा तलका पनि छन्। त्यसैले लघुुबीमाको कन्सेप्टमा काम भने भइरहेको छ। स–साना पोलिसी पनि बीमा कम्पनीहरुले बेचिरहेका छन्। 
 
अहिले जीवन बीमा कम्पनीहरुले बेचिरहेका १०–१५ हजारको बीमाको भ्यालु कम हुुने हुँदा माथिल्लो स्तरमा पुुग्न सकिरहेको भने छैन। यदि हामी त्यसलाई सजिलो माध्यमबाट बिक्री गर्न सक्यौँ भने लघुुबीमा पनि ‘मास’ लेभलमा बिक्री हुुनसक्छ। अहिले बीमा कम्पनीहरुको दरलाई हेर्ने हो भने सबै कम्पनीले ३ लाख रुपैयाँभन्दा तलको बीमा गरिरहेका छन्। तर अर्थ मन्त्रालयले बजेटमार्फत भनेको जस्तो लघुुबीमा भने भएको छैन। स–साना बीमा छुुट्टै गर्दा केही खर्चिलो हुुने हुँुदा यो त्यति व्यापक मात्रामा हुुन सकेको छैन। तर हाम्रा अभिकर्ताहरुले थारै बीमा रकम भए पनि घरदैलोमै गएर बीमा गरिरहेका छन्। तर यसलाई बेग्लै गर्दा भने केही प्रभाव भने अवश्य नै पर्ला। 
 
केही समयअघि जीवन बीमा कम्पनीका अभिकर्ताहरुले आफ्नो टार्गेट बढी देखाउनैका लागि गर्ने गरेको बठ्याइँलाई रोक्न बीमा समितिले सर्कुुलर नै जारी गर्नुुपर्यो। यस्तो विकृति किन हुुन्छ ? 
– बीमा कम्पनीको अहिलेको पर्फमेन्स मेजर गर्ने आधार व्यवसायमा आएर जोडियो। बीमा कम्पनीले कति नाफा आर्जन गर्यो ? यसको अर्गेनाइजेसन स्ट्रेन्थ के छ ? उसले गरेका राम्रा कामहरु के छन् ? भनेर जाँच्ने प्यारामिटरहरु गौण बने। अहिले यो कम्पनीले कति व्यवसाय गर्यो भन्ने कुुरालाई मात्रै धेरै प्राथमिकता दिइयो। कुुन कम्पनीले कति व्यवसाय गर्यो भन्ने कुुरालाई मात्रै महत्व दिएर त्यसैलाई बजारमा देखाउने दौडमा कम्पनीहरु त्यो लाइनमा गएको देखिन्छ। त्यसैले एउटामात्रै प्यारामिटरलाई महत्व नदिएर अन्य सबै तत्वहरुलाई समेत उत्तिकै महत्व दिने हो भने यस्तो अवस्था आउँदैन। 
 
पछिल्लो समय जीवन बीमा कम्पनीहरुले विभिन्न प्रडक्ट बेच्ने नाममा ठगीसमेत बढिरहेको गुुनासो आइरहेको छ। कतिपयले ‘डबल’ को नाममा समेत ठगी गरिरहेका छन् भन्ने गुुनासोसमेत सुुन्ने गरिन्छ। यसको यथार्थ के हो ? विभिन्न कम्पनीले भनेजस्तो बीमा गरेपछि बीमितले ‘डबल’ लाभ पाउनसक्ने अवस्था रहन्छ? 
– सुुरुआतदेखि नै बजारमा अभिकर्तावर्गले एउटा निश्चित समयको बीमा गरेबापत त्यसको डबल पाउनुुहुुन्छ भन्ने थियो र बजारमा भएको १५ वर्षे एभरेज टर्ममा अहिले दिइने गरेको बोनसले बीमा डबल हुुने सम्भावना भने छैन। हामी यत्रो वर्षदेखि बीमा क्षेत्रमा काम गरिरहेका छौँ, यही व्यवसायमा हामी पोख्त छौँ, कहीँ न कहीँ चाहिँ अभिकर्तामार्फत यस्ता हर्कत भइरहेका छन्। त्यसैले ग्राहकलाई झुुक्काएर व्यवसाय गर्न हुुन्न भन्ने मनसायले हामीले यस्तो वास्तवमा नै यस्तो प्रतिफल दिने प्रोडक्ट ल्याएका छौँ, जुुन बीमा अवधि सकिएपछि हामी त्यसको ‘डबल’ प्रदान गर्ने गर्दछौँ।   
 
जीवन बीमा कम्पनीहरुबीच पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा देखिएको छ। यस्तो किन भइरहेको छ ? यो रोक्न कसले के गर्नुपर्छ ? 
–अस्वस्थ भनेर त्यस्तो ठ्याक्कै देखिने गरेर त छैन। तर अब व्यवसाय भनेपछि आफ्नो प्रतिद्वन्द्वीभन्दा अलि भिन्न देखिनुु त पर्छ नै। नत्र चलायमान भइरहने बजारमा आफूलाई टिकाइराख्न गाह्रो पर्ने गर्दछ। प्रतिस्पर्धा हुुनुुपर्छ तर त्यो स्वस्थ हुुनुुपर्दछ। स्वस्थ प्रतिस्पर्धाले समग्र बीमा क्षेत्रलाई अपलिफ्ट गर्ने काम गर्छजस्तो लाग्छ। सबैले आफ्नो मूल्य–मान्यतामा बसे भने तपाइँले भनेजस्तो अस्वस्थ प्रतिस्पर्धाको वातावरण रहँदैन। तर यहाँ व्यवसायको चक्करमा मैले अभिकर्तालाई दिने जुुन सुुविधा छ, अर्काे कम्पनी एक रुपैयाँ बढी दिन्छुु भन्छ र पैसा बढी भएको वर्गलाई तान्ने होडबाजी रहेको पाइन्छ। कम्पनीहरु आफू स्वनियममा बसिदिने हो भने यो स्वतः हराएर जान्छ। यसका साथै नियामक निकायले पनि केही हदसम्म आफ्नो नियमहरुलाई कडाइ गर्ने हो भने यस्तो अवस्था रहँदैन। मुुख्य कुुरा भनेको व्यवसायलाई मात्रै महत्व दिने परिपाटी बदल्नुपर्दछ। 
 
कोभिडकै कुुरालाई जोडौँ। कोभिडको प्रभावका कारण बीमा क्षेत्रलाई परेको नकारात्मक असरलाई न्यूनीकरण गरी बिजनेसलाई पुुरानै गतिमा फर्काउन कस्तो नीतिगत व्यवस्था हुुनुुपर्छ ? 
– यो नै नीतिगत व्यवस्था भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन। अहिलेको हाम्रो आवश्यकता भनेको लङ टर्म लगानीको क्षेत्रहरुमा पहुँुच पुुग्नुु हो। हामीले बीमितबाट उठाएको पैसा दीर्घकालीन लगानीका क्षेत्रमा प्रयोग गर्न सक्यौँ भने यसले बीमा कम्पनीहरुलाई फाइदा हुुन्छ। त्यसमा बीमा समितिले केही हदसम्म लङटर्म इन्फ्रास्ट्रक्चरमा लगानी गर्ने क्षेत्र तोकिदिएको छ। तथापि अहिले अधिकांश बीमा कम्पनीको अधिकांश फन्ड अर्थात ७० देखि ८० प्रतिशत फन्ड बैंक तथा वित्तीय संस्थामा लगानी गरिएका छन्। यो लङटर्म नभई सटटर्ममा छ। जस्तो भनौँ न २ वर्षअगाडि ब्याजदर साढे १३ प्रतिशत रहेको थियो। एक वर्षपछि आएर यो साढे १०–११ मा आएर बस्यो। अहिले संस्थागततर्फ ७.५ मा आएर बसिरहेको छ। भनेपछि २ वर्षको अवधिमा आएर ब्याजदर १३ बाट ७ प्रतिशतमा पुुगेको छ। त्यसैले ब्याजदरमा स्थायित्व हुुनुुपर्छ, चाहे त्यो ९ वा १० प्रतिशत होस्। 
 
बीमा कम्पनी यदि लङटर्म ग्रोथका लागि जाने हो भने दीर्घकालीन लगानीको क्षेत्रमा लगानी गर्न आवश्यक हुुन्छ। यसका लागि बीमा कम्पनीहरुले गभर्मेन्ट बोन्ड होस् वा डेभलपमेन्ट बोन्डमा लगानी गर्न पाउनुुपर्छ। अहिले कोरोनाका कारण देशको अर्थतन्त्र कमजोर बनेको छ। यदि यो प्रभावबाट देशको अर्थतन्त्रलाई जोगाउन सकियो भने बीमा क्षेत्रमा पनि यसको सकारात्मक असर पर्छ। त्यसैले एउटा बीमा क्षेत्रलाई मात्रै जोगाउनुुभन्दा पनि समग्र अर्थतन्त्रलाई जोगाउन सकियो भने त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्रमा पर्दछ। बीमा कम्पनीहरु पनि अर्थतन्त्रकै एउटा प्यारामिटर भएकाले यदि देशको अर्थतन्त्र चलायमान हुुने हो भने त्यसले पक्कै पनि बीमा कम्पनीहरुलाई फाइदा पुुर्याउनेछ। 
 
प्रसंग बदलौँ, महालक्ष्मी लाइफ इन्स्योरेन्स कान्छो जीवन बीमा कम्पनी भए पनि वासलात बलियो बन्दै गएको देखिन्छ। अर्गानिक ग्रोथमा तेस्रो त्रैमाससम्मको अवस्था राम्रो देखिन्छ। आर्थिक वर्षको अन्त्य भइसक्यो। समग्रमा गत आर्थिक वर्षमा कस्तो प्रगति भयो ? मुुख्य सूचकहरु कस्ता बने ? 
– महालक्ष्मी लाइफको सबै इन्डिकेटरहरु राम्रो देखिएको छ। हाम्रो मुुख्य लक्ष्य भनेको दिगो व्यवसाय गर्ने हो। यसका साथै अबको पाँच वर्षभित्र जीवन बीमा कम्पनीको भीडमा शीर्ष पाँचभित्र पर्ने लक्ष्य हामीले राखेका छौँ। यसका लागि हामी एउटामात्रै प्यारामिटरमा नभएर सबै १० वटै प्यारामिटरमा अब्बल हुुन चाहन्छौँ। यसमा जीनव बीमा कोष होला, सेयरहोल्डरले पाउने रिर्टन होला या त कम्पनीले कमाएको आम्दानीको अनुुपातमा कति बचायो भन्ने कुुरा होला, जीवन बीमा कोषमा कति योगदान गर्यो भन्ने कुुरा होला। व्यवसायमुुखी हुुनुमात्रै भन्दा पनि हाम्रो मुुख्य लक्ष्य भनेको यस्तै आधारभूत प्यारामिटरमा अब्बल हुुनुु हो। यसका लागि हामी संस्थालाई बलियो बनाउँदै लगिरहेका छौँ र संस्थासँग जोडिएका बीमित, सेयरहोल्डर र कर्मचारीलाई अधिकतम रिटर्न प्रदान गर्ने बाटोतर्फ अग्रसर भएका छाँै। व्यवसायमा अर्गानिक ग्रोथ गर्दै हामी नेपालको जीवन बीमा क्षेत्रमा लामो रेसको घोडा बन्न चाहन्छौँ। 
 
चालु आर्थिक वर्षका लागि महालक्ष्मी लाइफ के–के गर्दैछ ? तपाइँहरुको टार्गेट के–के हो ?
–चालु आर्थिक वर्षमा हामी नयाँ योजनाहरु ल्याउँदैछौँ। त्यसका लागि काम भइरहेका छन्। यसमा प्रविधियुुक्त योजनाहरु हुुन सक्छन्। हामी हाम्रो डेढ वर्षको अनुुभवबाट सिकेका अनुुभव र पाठलाई प्रयोग गरेर विगतका कमीकमजोरीलाई सच्याउँदै हामीले कभर गर्न नसकेको क्षेत्रमा बिजनेसलाई विस्तार गर्दै अधिकतम व्यावसायिक सफलता हासिल गर्ने लक्ष्यतर्फ उम्मुुख हुुनेछौँ।
 
महालक्ष्मी लाइफले छोटो समयमै पुुराना जीवन बीमा कम्पनीहरुलाई चुुनौती दियो भन्ने चर्चा सुुनिन्छ ? यति छोटो समयमा कसरी सम्भव भयो ? 
–यसमा मुुख्यगरी व्यवस्थापन टिमको भिजनको कुुरा आउँछ। हामी केवल स्थापना हुुनका लागिमात्रै बजारमा आएका होइनौँ। कम्पनी स्थापना भइसकेपछि दिगो रुपमा चल्नुुपर्छ भन्ने मान्यताका साथ हामीले हाम्रो यात्रा थालनी गरेको थियौँ। हाम्रो म्यानेजमेन्ट टिम पनि यसमा कटिबद्ध छ। बीमा योजना, बीमितलाई दिने प्रतिफल र कम्पनीसँग सम्बन्धित स्टेकहोल्डरलाई अधिकतम प्रतिफल प्रदान गर्ने लक्ष्यका साथ हामी आएको भएकाले त्यो माहोल एकदमै राम्रो पोजिटिभ इम्प्याक्ट पारिरहेको छ। अहिले बजारमा हाम्रो इमेज त्यहीअनुुरुप बन्दै गइरहेको छ। यसमा मिडियाको भूमिका पनि अहम देखिएको छ। 
 
महालक्ष्मी लाइफका प्रडक्टहरु के–कस्ता छन् ? कतिवटा छन् ? लोकप्रिय प्रडक्ट कुुन हो ? तपाइँहरुको पोलिसीहरु खरिद गर्दा अरुको भन्दा भिन्न कस्तो लाभ हुुन्छ ?
-बीमा भनेको जोखिम बहन गर्नका लागि गर्ने गरिन्छ र नेपालको परिवेशको बुुझाइमा जोखिमसँगै लगानी र बचतको कुुरा पनि आउँछ । हामीसँग भएका प्रडक्टहरु सबै भिन्न छन्। हामीले ल्याएका ९ वटा प्रडक्टमध्ये चारवटा युुनिक छन्। मैलै अघि नै उल्लेख गरेजस्तै ‘महालक्ष्मी डबल योजना’ वास्तवमै युुनिक छ। यस्तो प्रकारको ग्यारेन्टी रिटर्न भएको प्रडक्ट अहिलेसम्म कसैले ल्याएकै छैन। त्यस्तै ‘लगानी फिर्ता बीमा’ हामीले पहिलोपटक बजारमा ल्यायौँ। जुुन चाहि टर्म म्यादी बीमामा बीमितले तिरेको बीमा शुुल्क फिर्ता हुुने गर्दछ। 
 
त्यस्तै हामीले ‘जीवन हेरचाह बीमा’ ल्यायौँ। जुुन चाहिँ बचत हुुनुुका साथ–साथै आफ्ना बालबालिकाको अप्टिमम केयर गर्ने हिसाबले ल्याएका छौँ। यसमा बीमितको केही गरी निधन भयो भने त्यसको लाभ बीमितको नोमिनीले पाउने गर्दछ। यो पनि बजारमा नौलो प्रडक्ट नै हो। 
 
हाम्रो अर्काे नोलो प्रडक्ट ‘सार्वाधिक आजीवन बीमा’ रहेको छ। यसमा म्याच्युुरिटी समाप्त भइसकेपछि कर्जाको सुुविधा र सरेन्डर गर्न पाउनेजस्ता अन्य सुुविधा छन्। यी त भए हाम्रा चारवटा युनिक प्रडक्टहरु। 
 
अर्काे बीमा पोलिसी छ– ‘वार्षिक धन फिर्ता बीमा’। यो बीमा गर्दा प्रत्येक वर्ष बीमा गरेको ५ प्रतिशत रकम फिर्ता आउने गर्छ र सँगसँगै बीमा गरेको तुलनामा डबल जोखिम बहन हुुने गर्दछ। यसका साथै यदि कुुनै घटना घट्यो भने बीमितले पहिले लिएको पैसा नघटाईकन दिइने बोनस प्रदान गरिन्छ। 
 
त्यस्तै हामीसँग धेरै प्रकारका म्यादी बीमाहरु पनि उपलब्ध छन्। हामीसँग उपलब्ध भएका बीमा पोलिसीहरु युुनिक हुुनुुका साथै बीमितले पाउने सुुविधाहरु राम्रो छ। 
 
आगामी दिनमा कस्ता प्रडक्ट आउलान् ? आउँदो आर्थिक वर्षमा कतिवटा प्रडक्ट थप्ने योजनामा हुुनुुहुुन्छ ?
– अहिले हामी एउटा लेभलमा पुुगिसकेका छौँ। हामीले कभर गर्न नसकेको क्षेत्र भनेको पेन्सन र मेडिकल क्षेत्र हो। यसमा पनि केही गर्न सकिन्छ कि भनेर हामी लागिरहेका छौँ। हामीसँग उपलब्ध भएका ९ वटा प्रडक्टले सबैजस्ता क्षेत्र समेटिसकेका छन्। तर पनि समेट्न नसकेका केही एक–दुुईवटा क्षेत्र छन् र त्यसलाई समेट्न हामी लागिपरेका छौँ। 
 
अबको ५ वर्षभित्रमा महालक्ष्मी लाइफ समग्र जीवन बीमा कम्पनीको भीडमा कुुन पोजिसनमा पुुग्ला ? 
– हाम्रो पहिलेदेखिकै लक्ष्य भनेको अबको पाँच वर्षभित्र नेपालको जीवन बीमा कम्पनीहरुको भीडमा शीर्ष पाँचभित्र पर्नुु हो। हामीले २०७५ माघ २७ गते गरेको पत्रकार सम्मेलनमा अबको पाँच वर्षमा बीमा क्षेत्रको शीर्ष पाँचभित्र पर्ने कुुरा गरेका थियौँ र अहिले हाम्रो सम्पूर्ण इफोर्ट त्यसैको प्राप्तिका लागि लगाइरहेका छौँ। हामी केवल व्यवसायका आधारमा मात्रै नभई अन्य मुुख्य इन्डिकेटरका आधारमा पनि अब्बल हुुन चाहन्छौँ। यसका लागि हामीसँग सस्टेनेबल ग्रोथका आधार छन्।