– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घटेको छ भने १ दिन बढेको छ।
अघिल्लो साता २१८३.२१ मा बन्द भएको बजार यो साता २०९४.५४ मा बन्द भयो। यस हिसाबले बजारमा यो साता ८८.६७ अंकको गिरावट आएको छ। अघिल्लो साता सेयर बजार ४.४ अंकले बढेको थियो।
यो साता सेयर बजारमा १२ अर्ब ८५ करोड रुपैयाँबराबर कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता १३ अर्ब रुपैयाँबराबर भएको थियो। यस हिसाबले यो साता सेयर बजारमा कारोबार र सूचक दुवैमा गिरावट आएको छ।
प्राविधिक पक्ष
सेयर बजारलाई संसारमा विभिन्न तरिकामार्फत व्याख्या र विश्लेषण गर्न सकिन्छ। खासगरी दैनिक हुने कारोबारका रेखाहरुलाई विश्लेषकहरुले इलिअट वेभ, डाउ थेउरी (प्राइस एक्सन) तथा विभिन्न इन्डिकेटरमार्फत हेर्ने र विश्लेषण गर्ने गरिन्छ। हामीले हाम्रा पाठकलाई दैनिक रुपमा विभिन्न इन्डिकेटरबाट र साप्ताहिक रुपमा भने इलिअट वेभ तथा डाउ थेउरीमार्फत बजारको विश्लेषण पस्किँदै आएका छौँ।
यसै सिलसिलामा आज हामीले डाउ थेउरीमार्फत बजारको विश्लेषण गर्ने जमर्को गरेका छौँ। किनकि डाउ थेउरी अन्य माध्यमभन्दा बढी विश्वासिलो हुने गर्छ।
डाउ थेउरीका आधारमा
डाउ थेउरीमार्फत अहिलेको बजारलाई १८५० देखि नियाल्ने हो भने २२७५ सम्म पुगेको छ। त्यसपछि खस्न सुरु गरेको बजारले २१४५ मा लोवर लो बनाएको देखिन्छ। त्यहाँबाट बढेको बजार २२२१ मा गएर लोवर हाई बनाएको देखिन्छ। पुनः २१४० मा नै लोवर लो र २२०० मा लोवर हाई बनाएर खस्न सुरु गरेको बजार यो साता २०९४ मा नयाँ लोवर लो बनाएको छ।
डाउ थेउरी र अन्य इन्डिकेटरमार्फत पनि हेर्दा बजारले अझै केही अंक गुमाएर करिब २०६० देखि २०७५ सम्म नयाँ लोवर लो बनाउन आउन सक्छ। यदि यहाँबाट बजार फर्किन्छ भने यसअघिको सपोर्टको विन्दु २१४० मा प्रतिरोध सामना गर्न सक्छ। यदि यहाँबाट पनि बजार माथि जान्छ भने बजारको माथिको यात्रा तय गर्दै गरेको बुझ्न सकिन्छ। तर, डाउ थेउरीमा नयाँ हायर हाई बनाउन भने बजार २२०० माथि नै पुग्नुपर्छ।(हेर्नुहोस् माथि मुख्य तस्बिर)
बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा
साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा यो साता अप्पर ब्यान्डमा छाएर रातो मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझ्न सकिन्छ।
त्यसैगरी म्याक्डीमार्फत हेर्दा गत १६ अक्टोबरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक तर फिक्का बनेको छ। साप्ताहिक चार्टमै आरएसआई ५५ को तहमा रहेको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा यो साता बिक्री दबाब रहेको देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार–चढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः २१७५
घटेमा सपोर्ट
निष्कर्ष
यो साता सेयर बजारमा ८८ अंकले गिरावट आएको छ। कारोबार पनि अघिल्लो साताभन्दा खासै बढ्न सकेन। प्राविधिक रुपमा हेर्ने हो भने डाउ थेउरीमार्फत हेर्दा बजारले लोवर लो बनाउँदै झरेको छ।
आगामी साताको पिभट् प्वइन्टमार्फत हेर्दा बजारले तेस्रो सपोर्ट २०८४ मा देखिन्छ। बजार घट्दै गर्दा अबको बलियो सपोर्ट लगभग २०६० देखि २०८० सम्म कुनै पनि विन्दुमा बजारले सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago