काठमाण्डौ । केही समयदेखि निरन्तर घटेको सेयर बजारले आज इन्ट्रा डेमा १८८० भन्दा तल कारोबार भए पनि यो विन्दुलाई ह्यान्डसम रेस्पेक्ट गरेको देखिन्छ। कारोबार तथा भोलुमको हिसाबले पनि आजको कारोबारको तुलनामा केही बढोत्तरी आएको छ।
नेप्सेको आवरली चार्टमा बोलिंगर ब्यान्डमा आज तल्लो विन्दुमा छोएर फर्केको छ। बजार दिनभर १९०० भन्दा तल कारोबार भए पनि बन्द हुँदा १९०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि बन्द भएको छ। यसले बजार मनोवैज्ञानिक रुपमा बलियो देखिन्छ।
आज दुई घन्टाको क्यान्डलमा हेर्दा भने तल्लो अघिल्लो क्यान्डललाई पूरै ढाकेर बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ।
म्याक्डीमा भने बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ नै रहेको छ भने केही फिक्का पनि बनेको छ। यसले बजार आगमी दिनमा सम्हालिन सक्ने देखिन्छ।
दुई घन्टाकै चार्टमा आरएसआई पनि ३० को तहबाट फर्केको छ। आगामी दिनमा बजार बढेमा पिभट प्वइन्टको १९३६ मा र २००० मा क्रमशः प्रतिरोध सामना गर्नेछ। घटेमा भने बजारले पुनः १८८० र १८२० मा बलियो सपोर्ट लिने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
23 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago