काठमाण्डौ । नेपालका लागि ESCORTS Construction Equipment  को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले ESCORTS मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ । 

सो अफर अन्र्तगत कुनै पनि ESCORTS मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको होम अप्ल्यान्स प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।

आइएमई अटोमोटिभ्स् ले यो अफर दशैं तिहार र छठ पर्व लाई लक्षित गरी बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितिमा मा फाईनान्सको सुविधाले ग्राहकहरुलाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

ESCORTS ब्राण्डको पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्री हुने गरेका छन् ।
ESCORTS ले बिक्री लाई मात्र नभइ बिक्रि पछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको दाबी गरेको छ ।