काठमाण्डौ । बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले ओपोलाई लोवर प्रिमियम सेग्मेण्टमा स्मार्टफोन ब्राण्ड मध्यकै अग्रणी घोषित गरेको छ । 

संतृप्त बजार र ब्यापक प्रतिस्पर्धा बीच ओपोले पाइरहेको सफलतालाई नतिजाले प्रमाणित गरिदिएको दाबी गरिएको छ । 

घरेलु बजार चीनबाट मात्रै ९५ प्रतिशत फ्ल्यागशिप सेल्स प्राप्त गरेको ओपोसंग थप आकर्षक स्मार्टफोन उत्पादन गरी विश्वभरका यूवा उपभोक्तामार्फत बजार हिस्सा अझ बिस्तारित गर्ने प्रशस्त अवसर यथावत रहेको स्पष्ट छ । 

‘नेपाली उपभोक्ता माझ हाम्रा उत्पादनको लोकप्रियता तथा चाहना बढ्दै गइरहेको छ । हाम्रा सेवा तथा उत्पादनका लागि प्राप्त निरन्तर माया, सहयोग र सद्भावका लागि हामी समस्त उपभोक्ताप्रति कृतज्ञ छौँ ।’, ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने ‘लगानीको उत्कृष्ट परिणाम दिने मिड रेञ्ज्ड उपकरणदेखि ओपो एफनाइन जस्ता उच्च रेञ्जका स्टेट अफ आर्ट टेक्नोलोजीसहितको उत्पादनपोर्टफोलियो मार्फत सर्वोत्कृष्ट प्रविधि, डिजाइन र प्रयोग अनुभवप्रदानगर्दै उपभोक्ताका हरेक आवश्यकता र चाहना पुरा गर्नहाम्रो ब्राण्ड सधैँ प्रतिबद्ध छ ।’

काउण्टरपोइण्ट रिपोर्टले हाई एण्ड प्रडक्ट शिपमेन्टअन्तर्गत सन् २०१८को दोस्रो त्रैमासमाग्लोबल हाई एण्ड स्मार्टफोन बजार ७ प्रतिशतले बढेको निश्कर्ष निकालेको छ । समग्र प्रिमियम स्मार्टफोन बजार मध्य ओपोले १० प्रतिशत हिस्सा ओगटेको छ भने ४ सयदेखि ६ सय डलर पर्ने सेग्मेण्टमा २२ प्रतिशत बजार हिस्सा सहित ओपो पहिलो स्थानमा छ भने एप्पल, सामसुङ, हुआवे, साओमी लगायतले पछ्याइरहेका छन् । 

अत्यधिक महत्वपूर्ण चिनिया हाई एण्ड स्मार्टफोन बजारमाभने एप्पल पहिलो स्थानमा र ओपो दोस्रो स्थानमा छ । चिनिया स्मार्टफोन निर्माताहरुले यस बर्ष आफ्ना फ्ल्यागशिप मोडलहरु परिस्कृत गरेका छन् भने ओपो तीमध्य सर्वाधिक अग्रपंक्तिमा देखिन्छ ।