काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ थान कम्प्युटर बाल विनायक आधारभूत विद्यालय, सूर्यविनायक न.पा – २ लाई हस्तान्तरण गरेको छ ।

सो कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

सो कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुबास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुबास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो । 

साथै बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले बाल चेतन आधारभूत विद्यालय, सूर्यविनायक न.पा – ४ को प्रधानाध्यापक राम शरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन् । 

बैंकले आफ्नो विभिन्न शाखा कार्यलयहरुबाट शिक्षा क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएको छ ।        

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।