काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको वीरगञ्ज शाखाले फागुन १८ गते एक कार्यक्रमबीच महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीहरुलाई स्वच्छ पानी पिउनको लागि आवश्यक स्टीलका पानी ट्यांङ्की हस्तान्तरण गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत खानेपानी ट्यांकी सहयोग गरेको हो । 

एक कार्यक्रमका बीच बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्रप्रसाद साह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई संयुक्त रुपमा सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । 

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।