काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । 

बैंकले जेविल्स फाइनान्ससँग प्राप्तिको सम्झौता फागुन २६ गते गरेको हो । 

इन्भेष्टमेन्ट बैंकले अक्वायर गर्ने भएसँगै जेविल्स फाइनान्सको दोश्रो बजारमा कारोबार रोक्का भएको छ ।

स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले जेबिल्सलाई ३० बराबर १०० को सेयर अनुपातमा गाभ्ने सम्झौता गरेको हो । यसको अर्थ जेविल्स फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले इन्भेष्टमेन्ट बैंकमा संस्था गाभिएपछि बैंकको बढीमा ३० कित्ता सेयर पाउनेछन् ।

सेयर स्वाप रेसियोको यो अनुपातमा डिडिए भइसकेपछि सामान्य परिवर्तन हुन सक्नेछ ।

जेविल्स फाइनान्सको हाल चुक्तापूँजी ८० करोड बढी रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको १२ अर्ब ५८ करोड रहेको छ । प्राप्तिपछि इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी १३ अर्ब ३८ करोड माथि पुग्नेछ ।