काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आगामी असार ११ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

कम्पनीको संचालक समितिले हाल कायम चुक्तापूँजीको १२ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । यो प्रस्तावलाई साधारणसभाले पारित गर्ने कार्यक्रम छ । 

यस्तै, कम्पनीको हाल कायम चुक्तापूँजीको १२ प्रतिशत बोनस दिएर कायम चुक्तापूँजीको ७० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव समेत अजेण्डाको रुपमा साधारणसभामा लैजाँदैछ । 

घोषित १२ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २६ करोड रुपैयाँ पुग्नेछ । यो पूँजीको ७० प्रतिशतका दरले हकप्रद सेयर निश्कासनपछि पूँजी बढेर २ अर्ब १५ करोडको उचाईमा पुग्नेछ । 

कम्पनीले गत वर्ष ४० प्रतिशत हकप्रद सेयर बिक्री गरी पूँजी बढाएको थियो। 

यसैबीच, ११ औं साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसको अर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीले १२ प्रतिशत बोनस सेयर पाउनेछन् भने साधारणसभामा सहभागिताको अवसर पनि प्राप्त गर्नेछन् ।