काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड भएको हो । 

आइपीओका लागि आवेदन दिएकामध्ये ६२ हजार ९९३ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । 

यो कम्पनीले जेठ १३ गतेदेखि १६ गतेसम्म ६ लाख २९ हजार ९३० कित्ता सेयर सर्वसाधारणका लागि प्राथमिक निश्कासन गरेको थियो । कुल निश्कासित ६ लाख ७४ हजार कित्तामध्ये म्युचुअल फण्डहरुका लागि ३३ हजार ७०० र कम्पनीका कर्मचारीका लागि १० हजार ३७० कित्ता सुरक्षित गरिएको थियो । 

आइपीओमा ३ लाख २९ हजार ७०६ आवेदकबाट मागभन्दा ११।०३ गुणा बढी कित्ताका लागि आवेदन परेको थियो । कुल ६९ लाख २९ हजार ९१० कित्ताका लागि आवेदन परेको थियो । 

आवेदन दिएका ६२७ आवेदन रद्ध भएका थिए । यसरी हेर्दा आइपीओका लागि ३ लाख २९ हजार ७९ सदर आवेदकबाट आवेदन परेको देखिन्छ ।
यसरी हेर्दा आइपीओका लागि आवेदन दिएका सदर आवेदकमध्ये २ लाख ६६ हजार ८६ को हात रित्तो भएको छ । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी बढेर २० करोड ७० लाखको उचाईमा पुगेको छ । 

तपाईलाई इन्फिनिटीको सेयर पर्यो कि परेन ? तलको सूचिबाट आफ्नो नाम खोज्नुहोस् ।