काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्सले आगामी असार १० गते विशेष साधारणसभा आह्वान गरेको छ । 

आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा अझै गर्न नसकेको कम्पनीले हकप्रद पारितका लागि विशेष साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले संचालक समितिबाट गरिएको १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरिएको बताइएको छ । 

विशेष साधारणसभाले कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धिको प्रस्ताव लगी सोही अनुसार नियमावलीमा समेत संसोधन गर्नेछ । 

हाल यो इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद सेयर जारीपछि बढेर १ अर्ब २ करोड माथि पुग्नेछ । 
कम्पनीले विशेष साधारणसभाका लागि असार १ गतेलाई बुक क्लोज मिति पनि तोकेको छ ।