काठमाण्डौ । मर्जरमा जाने प्रक्रिया थाल्न प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २२ औँ साधारणसभा डोकेको छ । 

काठमाण्डौको पाको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको यस फाइनान्सले यही असार २९ गते साधारणसभा डोकेको हो । साधारणसभामा यस वित्तीय संस्था र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने गराउने विशेष प्रस्ताव पारित हुनेछ । यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि कम्पनीले पारित गर्ने छ । 
 

त्यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि साधारणसभामा पारित हुनेछ । साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ ।