donald trump
काठमाण्डौ । डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य देशका नागरिकहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने बिषयमा गरेको आदेशका कारण अमेरिकाभित्रै विरोधको स्वर तीव्र भएको छ । यो आदेशका कारण ट्रम्प प्रशासन नै विभाजित बनेको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसको तर्फबाट दिइएको चेतावनीको बेवास्ता गर्दै अमेरिकी विदेश विभागका करिब ९ सय अधिकारीहरुले मुस्लिम बाहुल्य ७ देशका आप्रबासी तथा शरणार्थीमाथि रोक लगाउने ट्रम्पको फैसलाविरुद्ध एक दस्तावेजमा हस्ताक्षर गरेका छन् ।
सोमबार अमेरिकाका कार्यकारी महान्यायाधिवक्ताले समेत ट्रम्पको आदेश मान्न अस्वीकार गरिदिएका थिए ।
विदेश विभागका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै आफूहरुले हस्ताक्षर गरेको असहमतिपत्र ट्रम्पसम्म पुर्याइसकिएको बताएका छन् ।
सोमबार जब सामूहिक हस्ताक्षरको कुरा बाहिर आएको थियो, सो बिषयमा ह्वाइट हाउसका प्रवक्ताले कडा रुपमा प्रस्तुत हुँदै भनेका थिए–‘जो व्यक्ति ट्रम्पको यो नीतिप्रति असहमत छन्, उनीहरुले छाडेर जान सक्छन् ।’
दस्तावेजका अनुसार ट्रम्पले जुन कार्यकारी आदेश जारी गरेका छन्, त्यो अमेरिकी मूल्य मान्यता विपरीत छ । यही कदमका कारण विश्वभरि नै अमेरिकाविरोधी भावना अझ बढ्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
विदेश विभागका अधिकारीले लेखेका छन्–‘ट्रम्पको यो कदमले अमेरिकालाई सुरक्षित बनाउन सक्दैन ।’
अमेरिकामा विदेश विभागका अधिकारीहरुले अमेरिकी प्रशासनको गलत नीतिको विरोध गर्न पाउँछन् । असहमति मेमोको सुरुवात भियतनाम युद्धबाट सुरु भएको थियो । गत वर्ष ओबामाको सिरिया नीतिविरुद्ध समेत केही अधिकारीहरुले नोट अफ डिसेन्ट लेखेका थिए ।
तर यसपटक महान्यायाधिवक्ताको आदेश आएलगत्तै ट्रम्पले उनलाई नै बर्खास्त गर्न आदेश दिएका थिए । यसले अमेरिकाभित्रकै प्रशासन तथा न्यायालयबीच तीव्र द्वन्द्व सिर्जना गरिदिएको छ।
स्मरण रहोस् ७ मुस्लिम बाहुल्य देशका नागरिकमाथि अमेरिका आगमनमा लगाइएको प्रतिबन्धको आदेशप्रति ट्रम्प भने अडिग देखिएका छन् । तर पूरा देशमा र उनकै पार्टीसँग सम्बद्ध केही सांसदहरुले समेत उनको नीतिको कडा आलोचना गरिरहेका छन् ।
17 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago