काठमाण्डौ । सोमस्र्वी(SOMERSBY) एप्पल साइडरले युवामाझ लोकप्रिय तथा चर्चित गायक सुशान्त केसीलाई यही साउन १६ बाट लागू हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ । 

सोमस्र्वी र सुशान्तको सहकार्य
नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय “सोमस्र्वी एप्पल साइडर” र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त केसीले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेका छन्  ।  

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले भने, “हामीे यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ । यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमस्र्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने छन्।” 

ब्राण्ड एम्बेसडर घोषित भएपछि सुशान्त प्रसन्न हुँदै भने, “म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ । मलाई आशा छ सोमस्र्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु । ”

फ्रेन्डसीप महिना अभियान 
सोमस्र्वीले अन्तराष्ट्रिय फ्रेन्डसीप महिना – अगस्ट २०१९ लाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान “सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल ” उपभोक्तामाझ सार्वजनिक गरेको छ । यो योजना नेपालभरका ५०० भन्दा बढी बिक्री केन्द्रहरुमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त केसीले धरान, बुटवल, काठमाडौँ, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।

सोमस्र्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो र गोर्खा ब्रुअरी प्रा.लि. ले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो ।  तत्पश्चात् यो नेपाली युवामाझ लोकप्रिय रहिआएको छ ।