काठमाण्डौ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा भदौ १ गते वीरगञ्जमा सम्पन्न भएको छ । 

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५मा १ अर्ब ३७ करोड १६खलाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको सो क्रममा अध्यक्षले जानकारी गराएका थिए । 

आ.व. २०७४/७५ मा कम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ ।

यस भन्दाअघि कम्पनीको विशेष साधारणसभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।