anti trump campaign
काठमाण्डौ । डोनाल्ड ट्रम्पले ७ मुस्लिम बाहुल्य देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन गरेको निर्णयको विरोध बढिरहेको छ । यो क्रममा ट्वीटर कम्पनीका सीइओ ज्याक डार्से तथा सो कम्पनीका १ हजार कर्मचारीले यो आदेशविरुद्ध मोर्चाबन्दी गरिरहेको एक समूहलाई १०.९ लाख डलर अर्थात करिब ११८२ लाख रुपैयाँ चन्दा उपलब्ध गराएका छन् ।
यो चन्दा अमेरिकी सिभिल लिबर्टिज यूनियन(एसीएलयू)लाई दिइएको हो ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुको रिपोर्ट अनुसार ट्वीटरका ९२५ कर्मचारीले सुरुमा ५.३० लाख डलर जुटाएका थिए । त्यसपछि सीइओ ज्याक डोर्से तथा कार्यकारी अध्यक्ष ओमिड कोर्देस्तानी अगाडि आए र चन्दा दिने रकमलाई १०.९ लाख डलरको उचाईमा पुर्याइदिए । खबरहरुका अनुसार एसीएलयूूलाई डोनाल्ड ट्रम्पविरुद्ध मोर्चाबन्दी गर्न भन्दै ५ दिनको अन्तरालमा २.४ करोड डलर चन्दा प्राप्त भइसकेको छ ।
ट्वीटर कम्पनीका कानूनी सल्लाहकार विजय गड्डेले अहिलेसम्म जे जति भएको छ, आगामी दिनमा यो भन्दा बढी काम गर्नुपर्ने बताए । ‘आउने महिनामा हामीलाई धेरै ठूला कानूनी चुनौति तथा अनेकन दवाबहरु आउनेछन् ।’ उनले भने–‘तर जनताको स्वतन्त्रताको मुद्धा खतरामा पर्छ भने त्यसको विरुद्धमा हामी सधैं लडिरहनेछौ ।’
ट्वीटरका सीइओ डोर्सेले यसअघि पनि ट्रम्पको आदेशको कडा शब्दमा विरोध गरेका थिए । गत हप्ता उनले ट्वीट गर्दै भनेका थिए–‘अर्थतन्त्र र मानवाधिकारमाथि यो आदेशले निकै ठूलो पीडा दिनेछ । शरणार्थीहरुले जे जे लिएर अमेरिका आउँछन्, त्यसबाट हामीलाई फाइदै हुन्छ ।’
यसअघि गुुगलका सीइओ सुन्दर पिचाई तथा माइक्रोसफ्टका सत्या नडेलाले समेत ट्रम्प प्रशासनको खुलेरै विरोध गरिसकेका छन् ।
यस अलावा एप्पल, नेटफ्लिक्स, टेस्ला, फेसबुक तथा उबर जस्ता कयौं अमेरिकी कम्पनीहरुले भिजामाथिको प्रतिबन्ध सम्बन्धी निर्णयको कडा रुपमा आलोचना गरिसकेका छन् ।
अमेरिकामा ४ करोड २४ लाख आप्रवासी रहेका छन् । कुल जनसंख्याको १३.३ प्रतिशत आप्रवासीको संख्या छ । सन् २०१४ मा अमेरिकाको जनसंख्या ३१ करोड ८९ लाख रहेको थियो । यस्तै, अमेरिकामा हाल १.१० करोड आप्रबासी अबैधानिक रुपमा बसोबास गर्छन् । यसमा पनि ५२ प्रतिशत मेक्सिन नागरिक रहेका छन् । गैरकानूनी रुपमा अमेरिका बसोबास गर्ने भारतीयहरुको संख्या साढे ४ लाखको हाराहारीमा छ भने नेपालीहरुको संख्या समेत सयौं छ ।
25 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago