काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निश्कासन गर्ने भएका छन् । 

प्रूडेन्सियलको ६० प्रतिशत र गुँरास लाइफको सतप्रतिशत हकप्रद सेयर धितोपत्र बोर्डले हकप्रद निश्कासनको पाइपलाइनमा राखेको हो । 

प्रूडेन्सियलले १०० रुपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निश्कासन गर्न चाहेको छ । 

यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद स्वीकृत भई निश्कासन भएमा पूँजी बढेर १ अर्ब २ करोड माथि पुग्नेछ । 

यसैगरी, गुराँस लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर निश्कासन गर्न खोजेको हो । 

यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा समेत एनएमबी क्यापिटल लिमीटेड नै रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ९२ लाख ९४ हजार रुपैयाँ रहेको छ । कम्पनीले हालै ५० प्रतिशत हकप्रद निश्कासन गरेको थियो । पुनः प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ८७ करोड माथि पुग्नेछ ।