काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ । 

नवनियुक्त महानिर्देशक खतिवडाले बुधबार नै  पदबहाली गरेका महासंघ सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरिसकेका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भएका थिए । 

खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरेका थिए ।

पदबहालीपछि महासंघमा कार्यरत कर्मचारीहरुलाई सम्बोधन गर्दै खतिवडाले महासंघको छविलाई राष्ट्रिय÷अन्तराष्ट्रिय रूपमा उच्च पार्दै यसका मूलभूत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।