काठमाण्डौ । मर्जर र लाभांश पारितको मुख्य अजेन्डासहित मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ ।

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही कात्तिक २९ गते गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा नुवाकोटको बट्टारस्थित होटल वाटर टावरमा आयोजना गर्ने निर्णय गरेको छ ।

साधारणसभामा मुख्य अजेन्डाका रुपमा मर्जर प्रक्रियाले प्रवेश पाउनेछ । अन्य इजाजतप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्न वा प्राप्त गर्न उपयुक्त देखिएमा त्यससम्बन्धमा आवश्यक सम्पूर्ण कार्य अगाढि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय सभाले गर्ने छ ।

त्यस्तै सभामा विशेष अजेन्डाका रुपमा गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरिएको लाभांशले प्रवेश पाउने छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १९ करोड ७३ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर पनि अनुमोदन गर्नेछ । बोनस सेयर कर प्रयोजनार्थ संस्थाले छुट्टाएको चुक्तापुँजीको १.५८ प्रतिशतले हुन आउने १ करोड ३ लाख ८६ हजार ३१५ रुपैयाँबराबरको नगद लाभांशको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

संस्थाको प्रबन्धपत्र र नियमावलीका केही नियममा छलफल गरी सभाले पारित गर्नेछ । त्यस्तै सभाले संस्थाको वार्षिक, आर्थिकलगायत महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित गर्नेछ ।