काठमाण्डौ । अस्ट्रेलियाको क्विङ्सल्यान्ड युनिभर्सिटीस्थित एउटा प्रयोगशालामा केही असामान्य नमुनाहरु संकलन गरेका छन् । यी नमुना अस्ट्रेलियाको २० प्रतिशतभन्दा बढी आवादीको मानव मलमूत्र हो ।

अस्ट्रेलियाभरबाट मानव मलमूत्र जलशोधन संयन्त्रबाट नमुना संकलन गरी तिनलाई चिसो बनाएर युनिभर्सिटीको शोकर्तालाई पठाइएको छ। यी नमुनालाई अस्ट्रेलियाका विभिन्न समुदायको आहार, औषधि र बानीका बारेमा जानकारी निकाल्ने खजानाका रुपमा लिइएको छ । यी नमुनाहरु सन् २०१६ मा अस्ट्रेलियामा भएको पछिल्लो राष्ट्रिय जनगणनाको समयमा मानिसको घरघरको नालीबाट जम्मा गरिएको थियो ।

रिसर्च फेलो जेक ओब्रायन र पीएचडी क्यान्डिडेट फिल चोइले अस्ट्रेलियाका विभिनन समुदायका आधार र जीवनशैलीसम्बन्धी बानीको मापनका लागि यी नमुनाहरुको विश्लेषण गरेका हुन् । सामाजिक र आर्थिक रुपमा सम्पन्न इलाकाहरुमा फाइबर (रेशेदार भोज), सिट्रस (अमिलो फल) र क्याफिन (चिया–कफी) को खपत अधिक देखिएको उनीहरु बताउँछन् । कम सम्पन्न इलाकाहरुमा चिकित्सकीय औषधिको खपत बढी देखिएको उनीहरु जानकारी दिन्छन् ।

संक्षिप्तमा भन्ने हो भने शोधकर्ताहरुले धनी समुदाय बढी खानापानमा ध्यान दिने र उनीहरुको आहार स्वस्थकर रहेको पाइएको बताए । 

शोधकर्ताहरुले पहिले नै सैद्धान्तिक रुपमा यस्तो किसिमको जाँच सम्भव भउको बताएका थिए । नालीको पानी जाँच गर्दा कुनै पनि समुदायको भोजन र औषधिको खपतबारे भरतपर्दो जानकारी आउन सक्ने उनीहरुको भनाइ थियो ।

चोई र ओब्रायनका अनुसार यस तरिकाले मानिसको जीवनशैलीमा भइरहेको बदलावको वास्तविक संकेत पाउन सकिन्छ । यसले सार्वजनिक स्वास्थ्य नीति बनाउन पनि मद्दत मिल्ने उनीहरुको दाबी छ ।

नालीको पानीको जाँच गरेर कुनै पनि समुदायको खानपान र औषधिको खपतबारे जानकारी निकाल्ने विज्ञानलाई अपशिष्ट जल महामारी विज्ञान भनिन्छ । यो विज्ञान करिब दुई दशकदेखि प्रयोगमा छ ।

युरोप, उत्तर अमेरिका र अन्य देशमा यो विज्ञानको प्रयोग विशेषगरी नश्ल औषधिको प्रयोगमा निगरानी राख्न गरिन्छ । निकोटिनजस्तो वैध औषधिको प्रयोगको निगरानीका लागि पनि यो विज्ञान काम लाग्छ । 

केही शोधकर्ताहरुले बिरामी फैलिनुअघि त्यसलाई पत्ता लगाउनेमा यसको प्रयोग गर्नेबारे सोचिरहेका छन् । तर मानिसको आहारका बारेमा पत्ता लगाउनका लागि यस किसिमको जाँच अहिलेसम्म सैद्धान्तिक नै थियो ।

आहार र औषधिको खपत पत्ता लगाउनका लागि सर्भेक्षण गरिन्छ । तर नालीको पानीको विश्लेषण गरेर कुनै खास जलग्रहण क्षेत्रमा त्यसको औसत उपयोगको मापन गर्न सकिन्छ । चोइका अनुसार सर्वेक्षणहरुमा औषधिको प्रयोग वा भोजनका बारेमा सोध्न मानिसले कहिलेकाहीँ आफ्नो वास्तविकताभन्दा बढी राम्रो रहेको बताउँछन् । मानिस स्वस्थ भोजनको खपतका बारेमा धेरै र सेक्सका बारेमा कम कुरा गर्छन् ।

ओब्रायनका अनुसार अपशिष्ट जलको विश्लेषण दुई प्रमुख तरिकाले उपयोग गर्न सकिन्छ । पहिलो समुदायबीच गैरबराबरी पहिचान गर्न र दोस्रो समयका साथ ती समुदायमा आउने बदलावमाथि नजर राख्न । ‘यदि तपाइँ सकारात्मक बदलावका लागि केही लागू गर्न गइरहनुभएको छ भने यी उपयहरुको सफलताको मापनमा सक्षम हुनु आवश्यक छ’, उनले भने।

नालीको पानीमा केवल मलमूत्रमात्र होइन त्यसमा पर्सनल केयर उत्पादन, भोजनका टुक्राहरु, औद्योगिक र व्यावसायिक फोहोर पनि हुन्छ । शोधकर्ताले भोजनको त्यो संकेत पत्ता लगाउनुथ्यो जसमा केवल मावन मलमूत्रमा हुन्छ ।

अध्ययनले फाइबरको खपतसँग जोडिएका दुई संकेतका उपयोग गर्यो । पहिलो बोटबिरुवा र अन्नमा पाइने र दोस्रो अमिलो फलफूलमा पाइने ।

फाइबर र अमिलो फल दुवै सेवन स्वस्थ आहारमा सामेल गरिन्छ । सामाजिक र आर्थिक उन्नति गरेका समुदायमा यी दुवै चिजको खपत बढी देखियो । उच्च सामाजिक तथा आर्थिक समूहमा भने क्याफिनको सेवन अधिक देखियो । खासगरी महँगा इलाकामा ।

दोस्रो अध्ययनले यो पुष्टि गर्यो कि स्नातक वा त्योभन्दा बढी डिग्री पाउनेहरु एस्प्रेसो र ग्राउन्ड कफीको सेवन बारम्बार गर्छन् ।

सामाजिक आर्थिक रुपमा कमजोर समुदायमा ट्रमाडोल (दुखाइ कम गर्ने), एटेनोलोल (हाई ब्लड प्रेस) र प्रेग्याबलिन (एन्टीसिजर) जस्ता औषधिको खपत अधिक देखियो । यीमध्ये एटेनोलो र प्रेग्याबलिन औषधिको वृद्धवृद्धा र कम आए भएका समुदायले बढी गरेको पाइएको छ ।

भिक्टोपिरयाको डिकिन युनिभर्सिटीमा महामारी विज्ञानकी प्रोफेसर क्याथरिन बेनेटका अनुसार यो अध्ययनलाई नयाँ स्तरमा लगिनुपर्छ । उनले भनिन्, ‘महामारी विज्ञानमा हामीले यो तरिकाले परिस्थितिको अध्ययन गर्न सक्छौँ । हामी व्यक्तिगत आँकडा नभएर सामूहिक आँकडाको अध्ययन गर्छौं ।’ – एजेन्सी