काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा ६.२८ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले ६० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने ४९ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा ९२ करोड १ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ८६ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले ९३ करोड ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ८४ करोड २३ लाख रुपैयाँ थियो ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा ७५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले यही अवधिमा ७५ अर्ब ७३ करोडरुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भमा भने ५ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३२.१६ रुपैयाँ रहेको छ । पीई रेसियो १७.८२ रहेको छ ।