काठमाण्डौ । ६ वर्षको लामो अन्तरालपछि ‘जिन्दाबाद’ ब्याण्डले आफ्नो नयाँ गीत ‘हत्केला’टुबोर्ग ओपन सेसन्स् २ मा प्रस्तुत गरेको छ।

च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केही प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

रिवाईन्ड, सेडस् अफ यु, स्पोईलिन जस्ता लोकप्रिय गीतहरुका लागि चिनिने जिन्दाबाद, नेपालमा रहेका थोरै उत्कृष्ट प्रोगे्रसिभ–अल्टरनेटिभ रक ब्याण्डहरु मध्ये एक हो । अरु भन्दा फरक र अद्वितीय प्रस्तुतीमार्फत जिन्दाबादले नेपाली रक संगीत क्षेत्रमा उल्लेखनीय छाप छोडेको छ । २००९ मा ‘ग्लोबल ब्याटल अफ दि ब्याण्डस्’ मा सहभागी हुन स्थापना भएको जिन्दाबाद आफ्नो अद्वितीय सांगीतिक शैलीका साथ फेरी एकपटक नेपाली सांगीतिक क्षेत्रमा फर्किएको छ । आफ्ना गीतका शब्द र कम्पोजिसन ब्याण्डका सदस्यहरु आफैं गर्ने गर्दछन् ।

बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने ब्याण्डका सबै ५ सदस्यहरुले आफै संगीत सिक्दै आएका छन् । निकै धेरै मेहेनत र समर्पणका कारण आफ्नो अद्वितीय सांगीतिक शैली संगीतप्रेमीहरुमाझ पुर्याउन जिन्दाबाद सफल रहेको छ ।

ब्याण्डका भोकलिस्ट तथा गीतारिस्ट, रोहित शाक्य, बिगत १० बर्ष देखि संगीतमा सक्रिय छन् । जिन्दाबाद र आफ्नो सोलो प्रोजेक्टहरुबाहेक रोहित अरु कलाकारहरुसँग सहकार्य गर्ने तथा निर्माताको रुपमा पनि काम गर्दै आईरहेका छन् । बेसिस्ट राजन श्रेष्ठ संगीतकारका साथै भिज्युल आर्टिस्ट पनि हुन् र उक्त क्षेत्रमा एक दशकभन्दा बढी देखि सक्रिय छन् । निकै प्रतिभाशाली तथा भर्सटाईल ड्रमर, किरण शाही करिब ६ बर्ष देखि ड्रम बजाईरहेका छन् । 

ब्याण्डका शान्त किर्बोिर्डस्ट अभिषेक भाद्रा, करिब ५ बर्षदेखि ब्याण्डमा सक्रिय छन् र जिन्दाबादबाहेक भाद्रा ज्याज ब्याण्डमा पनि बजाउँछन् । लिड गीतारिस्ट सन्नी तुलाधर, नेपालको प्रतिष्ठित गीतारिस्ट हुन् । करिब १० बर्षदेखि संगीतमा आबद्ध छन् र आफ्नै ब्राण्डको गीतारहरु बनाउने पनि गर्छन् । जिन्दाबाद, अरुका लागि राजनीति सम्बन्धित कुरा लागे पनि ब्याण्डको लागि जिन्दाबादले शक्ति बुझाउँछ ।

टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन–१ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्फत युट्युबमा अपलोड गरिएको थियो, जसले १ करोडभन्दा बढी भ्यूज संकलन गरेको छ । टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ, जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँबजारमा चिनाउन मद्धत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।