काठमाण्डौ । गत साता लगातार गिरावट आएको सुनको भाउमा यो साताको पहिलो कारोबार दिन आइतबार वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाली बजारमा आइतबार सुनको भाउमा बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७१ हजार रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुन तोलामा एकैदिन ४०० रुपैयाँले घटेर छापावाल सुन ७० हजार ८०० रुपैयाँ र तेजाबी ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि आइतबार तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । बजारमा आइतबार चाँदी प्रतितोला ८४५ रुपैयाँमा कायम भएको छ । गत साता कारोबारको अन्तिम दिन शुक्रबार चाँदी प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको थियो ।