काठमाण्डौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित सेयरधनीहरुलाई चुक्तापुँजी १२ प्रतिशतले हुन आउने १ अर्ब ३२ करोड रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश पुस २८ गते हुने आठौँ वार्षिक साधारणसभा पारित हुनेछ । वार्षिक साधारणसभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसको मतलब पुस १६ गतेसम्म कायम सेयरधनी साधारणसभामा बस्न र लाभांश पाउन योग्य हुनेछन् ।