काठमाण्डौ । मारुती सुजुकीले आफ्नो सेडान कार सियाजको स्पोर्ट भेरिएन्ट सियाज एस लाई लञ्च गरेको छ । 

यो कारको एक्स सो रुम मूल्य १०.०८ भारतीय रुपैयाँ तोकिएको छ । सियाजको बेसिक मोडल बीएस सिक्सको सुुरुवाती मूल्य ८ लाख ३१ हजार भारुबाट सुुरु हुुन्छ । सियाजको सबैभन्दा टप मोडलको कारको मूल्य एक्ससो रुम मूल्य ११ लाख ९ हजार भारु रहेको छ । 

सियाजको इन्टेरियर र एक्सटेरियरमा स्पोटी लुक रहेको छ । यो कार साङ्गारिया रेड, प्रिमियम सिल्वर तथा पर्ल स्नो वाइट रंगहरुमा उपलब्ध हुुनेछन् । 

मारुतीले सियाज कार सन् २०१४ मै लन्च गरेको थियो । कम्पनीका अनुुसार सियाजका २ लाख ७० हजार सन्तुुष्ट ग्राहक रहेका छन् । र यसको बजार हिस्सेदारी २९ प्रतिशत रहेको छ । 

कम्पनीले नयाँ सियाज एस स्पोर्ट लुुकले ग्राहकले आकर्षित गर्ने विश्वास लिएको छ । 

नयाँ सियाज बिएस सिक्समा १.५ लिटरको पेट्रोल इन्जिन रहेको छ । जसले एर्टिगा एमपीवीको जस्तै पावर दिन्छ । यो इन्जिनले १०४ बीएचपीको पावर दिन्छ तथा १३८ एनएमको पीक टार्क जेनेरेट गर्छ । यो कारको इन्जिन मारुती सुुजुुकीको एसएचभिएस स्मार्ट मिल्ड हाइब्रिड टेक्नोलोजीको साथमा पनि आउनेछ । 

कारमा ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ईबिडि सहित एबिएस अटोमेटिक क्लाइमेक्स कन्ट्रोल तथा अन्य विशेषताहरु पनि उपलब्ध गराइएको छ । 

अहिले मारुती सुजुुकी आफ्ना सबै मोडललाई बीएस सिक्स मापदण्डमा बदल्ने रणनिती लिएको छ । कम्पनीले अब आउने दिनमा अन्य कारहरु पनि बीएस सिक्स मापदण्डमा उतार्ने तयारी गरिरहेको छ । एजेन्सी