काठमाण्डौ । अमेरिकाको युनाइटेड एयरलायन्सले अमेरिका–चीन हवाईउडान केही दिनका लागि स्थगित गर्ने भएका छन् ।

चीनको वुहान सहरमा प्राणघातक कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिबाट चीन तीनवटा सहरमा यही फेब्रुअरी १ तारिखदेखि ८ तारिखसम्म हवाई सेवा बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको युनाइटेड एयरलाइन्सले जनाएको छ । युनाइटेड एयरलाइन्सले अमेरिकाको विभिन्न विमानस्थलबाट चीनको बेइजिङ, हङकङ र सांघाई सहरमा हुने उडान बन्द गर्ने निर्णय गरेको हो । 
 

युनाइेटड एयरलाइन्सको यो निर्णयबाट अमेरिकाबाट चीन तीन सहरमा हुने दैनिक २४ उडान प्रभावित हुने भएका छन् । जसमा सनफ्रान्सिस्को–हङकङ, नेवार्क–हङकङ, वासिङ्टन, नेवार्क, सिकागोबाट बेइजिङ तथा साफ्रान्सिस्को, नेवार्क र सिकागोबाट सांघाई उडान प्रभावित हुने भएका  छन् । ‘हामी नियमित त्यहाँको परिस्थितिबारे बुझिरहनेछौँ र अनुकूल अवस्था सिर्जना भएपछि आवश्यकताअनुसार उडान तालिका बनाउनेछौँ’, युनाइटेड एयरलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

युनाइटेड एयरलायन्सले पहिलोपटक हवाई सेवामा यति ठूलो निर्णय लिएको हो । यसको मुख्य कारण कोरोनाभाइरस नै रहेको अमेरिकी अधिकारीहरु बताउँछन् । 

युनाइटेड एयरलायन्सले चिनियाँ सहरहरुमा आफ्नो उडान स्थगित गर्ने निर्णय गरे पनि अमेरिकन एयरलायन्स र डेल्टा एयरलायन्सले भने चीन सहरहरुमा हुने आफ्नो दैनिक उडानमा कुनै परिवर्तन गरेको छैन। – एजेनसीहरु