काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरुले भैरहवाको रुपन्देहीस्थित मौर्या होटल प्रालिका सेवामा विशेष छुट पाउने भएका छन् । 

सिद्धार्थ नगरपालिका वडानम्बर १३ मा रहेको सो होटलमा बैंकका ग्राहकहरुले छुट पाउने सम्बन्धमा एक सम्झौता भएको हो । 

नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका भैरहवा शाखाप्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल प्रा.लि. ब्यावस्थापकीय संचालक रामबहादुर कोइरीले हस्ताक्षर गरेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।