काठमाण्डौ । चुक्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आगामी फागुन १८ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको १०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबाबर नयाँ ६ कित्ता सेयरका दरले) हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले सेयरधनीहरुका लागि ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ सेयरपूँजीबराबर प्रतिसेयर १०० अंकित दरका कुल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

हकप्रद सेयरका लागि माघ २६ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रदका लागि कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गरेको थियो । 

हकप्रदमा आवेदन चैत २३ गतेसम्म दिन सकिनेछ ।