काठमाण्डौ । देवः विकास बैंक लिमिटेडको काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको आज बुधबार औपचारिक उद्घाटन गरिएको छ। 

बैंक संचालक समितिका सदस्य भरतबहादुर हमालबाट शाखाको औपचारिक उद्घाटन भएको हो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिए। उनले यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने पनि बताए। 

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बैंकका प्रमूख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए। 

कार्यक्रममा वडाध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे। 

कार्यक्रममा देवः विकास बैंकका संचालक विजयराज शर्मा भुषाल र महानगरिय प्रहरी बृत बौद्धका डीएसपी रेशमबहादुर सिंहले पनि मन्तव्य राखेका थिए। कार्यक्रममा वडासदस्यहरु जगनाथ ढकाल तथा नवराज लामाको पनि उपस्थिति थियो।

कार्यक्रममा बैंकका क्षेत्रीय प्रमूख, पत्रकार, विभिन्न संघसंस्थाका प्रमूख, व्यापारी, स्थानीय व्यक्तिको उपस्थिति थियो।