काठमाण्डौ । कोरोना भाइरसको संभावित संक्रमणका कारण नेपाल उद्योग वाणिज्य महासंघले चैत अन्तिम साता गर्ने भनेको साधारणसभा सार्ने निर्णय गरेको छ । 

महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले चैत २८ र २० गते गर्ने भनिएको साधारणसभा सारेर जेठ ७ र ८ गते गर्ने निर्णय गरेको हो । 
सरकारले कोरोनाको संभावित संक्रमणबाट बच्न हरप्रयास गरिरहेको बेला यो अभियानमा निजी क्षेत्रबाट समेत सहयोग गर्नुपर्ने भएकोले यस्तो निर्णय लिइएको महासंघका एक पदाधिकारीले जानकारी दिए । 

सरकारले बुधबार मात्रै २५ जना भन्दा बढी भेला नहुन, ठूला सभासम्मेलन, भोजभतेर बन्द गर्न, धेरै मानिसको आवतजावतमा समेत कडाई गरेसँगै महासंघले यस्तो निर्णय लिएको हो । 

सरकारले अति आवश्यक काम नपरेसम्म घरबाहिर नजान सर्वसाधारणमा अपील गरिसकेको छ । 

सर्वत्र सचेतना अपनाउने सरकारको निर्णयसँगै कतिपय होटल, सपिंग मलहरु, धेरै मानिसको जमघट हुने क्षेत्र समेत धमाधम बन्द भइरहेका छन् ।