काठमाण्डौ । विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्धको अभियानमा जुटेका भारतीय वैज्ञानिकहरुले खोप बनाउन थालेका छन्। 

मिडिया रिपोर्टका अनुसार भारतको नेशनल इन्स्टिच्यूट अफ इम्यूनोलोजी(एनआईआई)ले कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि देशका टप १० वैज्ञानिकको टिमले काम गरिरहेको छ।

जीवनरक्षक कैयन खोप निर्माण गरिसकेको एनआईआईका डाइरेक्टर डा. अमूल्य के पाण्डले भनेका छन्–‘यो मेरो करिअरको सबैभन्दा कठिन चुनौति पनि हो । हामी यो खतरनाक भाइरसलाई परास्त गर्ने खोप निर्माणका लागि रातदिन लागिरहेका छौ । खोप निर्माणको काम सुरु भइसकेको छ ।’ 

पाण्ड नेतृत्वको टिमले यसअघि क्यान्सरविरुद्धको खोप समेत विकास गरिसकेको छ, जसको परीक्षण चेन्नईमा अन्तिम चरणमा रहेको छ । 

आइएएनएस छापिएको खबरका अनुसार एनआईआईले यसअघि लेप्रोसी र टिबीको खोप समेत विकास गरेको थियो, जसको विश्वले नै प्रशंसा गरिसकेको छ । 

यो संस्थाको मुख्यालय नयाँदिल्लीमा रहेको छ, र यो संस्था इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चको संरक्षणमा काम गर्ने गर्छ । यसको साथै यसले विश्व स्वास्थ्य संगठनसँग समेत मिलेर काम गर्ने गर्छ । 

कोभिड १९ विरुद्धको खोप बनाउन थालिएको पहिलोपटक खुलासा गर्दै पाण्डाले एक कोर टिम बनाइएको र त्यसमा विभिन्न फिल्डका विज्ञहरु सहभागी छन् । 

पाण्डाले भारतमा संक्रमित धेरै मानिसहरु ठीक भएका छन् । उनीहरुले त्यसरी ठीक भएका व्यक्तिका एण्टीबडीले कसरी भाइरससँग संघर्ष गर्यो भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । यसरी आफूहरुले भाइरसको प्रकार समेत हेर्ने उनले बताए । 

पाण्डेले खोप विकासको काम तीन चरणमा हुने बताएका छन् । जब खोप विकास हुन्छ, तब यसलाई मुसामा परीक्षण गरिनेछ, यो समय सन्निकट रहेको उनले दाबी समेत गरेका छन् । त्यसपछि यो खोप खरायोमा परीक्षण गरिनेछ र तेश्रो चरणमा बाँदरमा । अन्तिम चरणमा मात्रै मानिसमा परीक्षण गरिनेछ । 

कोरोना भाइरसको अनौठो व्यवहारको विषयमा समेत डा. पाण्डेले केही खुलासा गरेका छन् । उनका अनुसार धेरै भाइरसको संरचना निश्चित हुन्छ । तर, कोरोना भाइरस आफ्नो संरचना तीव्र रुपमा बारम्बार परिवर्तन भइरहन्छ, त्यसका कारण यसविरुद्ध खोप निर्माण गर्नु सजिलो छैन ।