काठमाण्डौ। कोरोनाभाइरस उपचारका लागि अहिलेसम्म कुनै प्रमाणित भ्याक्सिन वा औषधि विकास भइसकेको छैन। यस्तो अवस्थामा भारतमा उत्पादन हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिमा अहिले सारा विश्वको ध्यान केन्द्रित भइरहेको छ। यो औषधि कोरोना रोकथाममा निकै लाभदाय भएको भन्दै विश्वभरबाट माग अत्याधिक बढिरहेको छ।

अहिले विश्वभर यो औषधिको बिरामीमाथि क्लिनिकल ट्रायल भइरहेको छ। अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) ले पनि यो औषधि कोरोना उपचारमा क्लिनिकल ट्रायल सुरु गरिसकेको छ। 

यसका साथै भारतमा ट्याब्लेटका रुपमा यो औषधिलाई अब इनहेलर वा नेबुलाइजरका रुपमा विकास गर्ने कोसिस पनि सुरु गरेको छ। किनकि इनहेलर वा नेबुलाइजरका माध्यमबाट यो औषधि सीधै बिरामीको फोक्सोसम्म पुग्ने भएकाले धेरे असरदार हुने एम्सले जनाएको छ। एम्सका निर्देशक डा रणदीप गुलेरियाले अहिले यस विषयमा अनुसन्धान भइरहेको जनाएका छन्। 

डा गुलेरियाले मलेरिया उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना उपचारमा प्रयोगका लागि सुरक्षित रहेको बताए। ‘त्यसैले भारतमा कोरोना बिरामीलाई यो औषधि क्लिनिकल ट्रायलका रुपमा दिन थालिएको छ’, उनले भने, ‘हामीले यो औषधि सेवन गरेका कोरोना बिरामीको दैनिक निगरानी गरिरहेका छौँ, हेरौँ छिटै केही नतिजा आउला।’

इनहेलर र नेबुलाइजर किन ?

सासका बिरामीलाई इनहलेर वा नेबुलाइजका रुपमा दिइने औषधि ज्यादै असरदार हुन्छ। किनकि इनहलेर र नेबुलाइजरबाट दिइने औषधि सीधै फोक्सोमा पुगेर शरीरमा असर देखाउन थाल्छ। 

कोरोनाभाइरसले मानिसको फोक्सोमा आक्रमण गर्छ। त्यसैले पनि हाइड्रोक्सिक्लोरोक्विन पनि इनहेलरका रुपमा बनाउने कोसिस सुरु गरिएको एम्सले जनाएको छ।

हाइड्रोक्सिक्लोरोक्विन औषधि दुई तरिकाले प्रयोग

डा गुलेरियाले यो औषधि दुई तरिकाले प्रयोग भइरहेको बताए। पहिलो तरिका– स्वास्थ्कर्मीलाई हाइड्रोक्सिक्लोरोक्विन प्रोफाइल एक्सिस (संक्रमित बिरामीबाट बचाउनका लागि दिइने औषधि) का रुपमा दिइन्छ। ता कि यदि कोरोना बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीहरु थोरै पनि संक्रमण देखिए यसले ठिक पार्नेछ। 

दोस्रो तरिका– यो औषधि यस्ता बिरामीलाई दिइएको छ जसमा कोरोनाको लक्षण र अक्सिजनको कमी देखिनुका साथै उनीहरुलाई आइसीयूमा राखिएको छ। 

पाँच दिनसम्म हुनेछ परीक्षण

यो औषधि कोरोना बिरामीलाई ५ दिनसम्म क्लिनिकल ट्रायलका रुपमा प्रयोग गरिने डा गुलेरियाले बताए। ‘छिटै नतिजा बाहिर आउनेछ, विश्वास गरौँ यो औषधि कोरोना रोकथामका लागि उपयोगीसिद्ध होस्’, उनले भने। 

यसअघि फ्रान्समा पनि यो औषधि क्लिनिकल ट्रायलका रुपमा कोरोनाका बिरामीहरुलाई दिइएको थियो। जुन निकै असरदार देखिएको थियो। तर क्लिनिकल ट्रायलका क्रममा थोरै मात्र बिरामीलाई यो औषधि दिइएकोले यसको प्रयोगमा खासै सहमति जुट्न नसकेको बताइएको छ।– एजेन्सी