काठमाण्डौ । फेसबुक र जियोबीचको डिलपछि रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी एसियाकै धनाढ्य व्यक्ति बन्न सफल भएका छन्।

रिलायन्सको जियो प्लेटफम्र्स र फेसबुकबीच डिल पक्का भएपछि अम्बानी एसियाकै सबैभन्दा धनको सूचीमा अग्रस्थानमा पुग्न सफल भएका हुन्। फेसबुकले जियाको ९.९९ प्रतिशत हिस्सा किन्ने डिल भएको छ। अब फेसबुकले भारु ४३ हजार ५७४ करोड रुपैयाँ जियोमा लगानी गर्नेछ।

यो डिलका कारण बुधबार रिलायन्सको मार्केट भ्याल्यूएसन भारु ४५ हजार ५२७.६२ करोड रुपैयाँको उछालाका साथ भारु ८ लाख २९ हजार ०८४.६२ करोड रुपैयाँ पुगेको छ। 

फेसबुक र जियोको डिलको खबरले बुधबार रिलायन्सको सेयरमा ९.८३ प्रतिशतको उछाल आएर बन्द भयो। 

अम्बानीले ज्याक मालाई पछाडि पार्दै पुनः एसियाकै धनी व्यक्ति बन्न सफल भएका हुन्। यसअघि अलीबाबा कम्पनीका संस्थापक ज्याकमा एसियाकै धन व्यक्तिको सूचीमा अग्रस्थानमा थिए। 

फेसबुक र जियोको डिलसँगै आम्बानीको सम्पत्ति ४ अर्ब डलरले बढेको छ। योसँगै आम्दानीको सम्पत्ति ४९ अर्ब डलर पुगेको छ। योसँगै आम्दानीको सम्पत्ति ज्याक माको तुलनामा करिब ३ अर्ब डलर बढी भएको छ।

यसअघि कच्चा तेलको भाउमा आएको तीव्र गिरावटले अम्बानीको सम्पत्ति १४ अर्ब डलरले घटेको थियो। – एजेन्सी