काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरपछि मन्त्रीपरिषद बैठक बोलाएका छन् । 

अहिले बिहान ११ बजे प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएका उनको सचिवालयले जनाएको छ । 

आजको बैठकमा विवादास्पद दुई अध्यादेश र कोरोना भाइरस प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारबाट भइरहेका कामहरुको विषयमा समीक्षा हुने भएको छ । 

आजको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने या यही अवस्थालाई निरन्तरता दिने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँगको भेटमा हिजो विवादास्पद दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने आशय व्यक्त गरेका थिए । सो विषयमा ओलीले हिजो साँझ राष्ट्रपतिसँग समेत छलफल गरेका छन् । सो विषयमा महत्वपूर्ण निर्णय हुनसक्ने आँकलन गरिएको छ ।