काठमाण्डौ । सरकारले सिफारिस गरेको केही समयमै राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद अध्यादेश खारेज गरेकी छिन् । 

आजै बिहान ११ बजे बसेको क्याबिनेटले दुई विवादास्पद अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

सिफारिस भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

सरकारले अत्यावश्यक भन्दै बैशाख ८ गते एकाएक राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धनी दुई अध्यादेश ल्याएको थियो । यी दुवै अध्यादेशको सत्तारुढ नेकपाभित्र र बाहिर तीव्र आलोचना भएको थियो।