काठमाण्डौ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले पेस गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेस गरेका थिए। अर्थमन्त्री खतिवडाले बुधबार बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो। 

बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिएका छन्।

बजेटको विभिन्न मन्त्रालयत शीर्षकमाथि सांसदहरुले २६ वटा खर्च कटौती प्रस्ताव गरेका थिए। सबै प्रस्तावहरु सदनमा निणयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएका छन्।

अब बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ। प्रतिननिधिसभामा जस्तै राष्ट्रियसभामा मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ। सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पारित हुनेछ। 

संघीय संसदका दुवै सदनबाट पारित भएपछि मात्र नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न बाटो खुल्नेछ।

कोरोना महामारीका कारण आगामी आर्थिक बर्षका लागि बजेटको आकार घटेको छ। चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो।