काठमाण्डौ । अमेरिका शीर्ष स्वास्थ्य अधिकारी डा एन्थनी फाउचीले बढ्दो कोरोनाभाइरस संक्रमणका कारण अमेरिकाले विदेश यात्रामा लगाएको प्रतिबन्ध हटाउन महिनौँ लाग्न सक्ने बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा युरोप, ब्रिटेन, चीन र ब्राजिलबाट अमेरिकामा आउने यात्रीमा प्रतिबन्ध लगाएका थिए। 

अमेरिकी पत्रिका टेलिग्राफसँगको अन्तर्वार्तामा डा एन्थनीले यो प्रतिबन्ध कोरोनाविरुद्धको भ्याक्सिन विकास नभएसम्म जारी रहन सक्ने बताएका छन्। ‘यो वर्षभित्र देशको अवस्था थोरै सामान्य हुन सक्ला’, उनले भने, ‘यो वर्षको जाडोयामसम्म अवस्था सहज हुन्छ भन्ने मलाई लाग्दैन तर आशा छ यो जाडोयामसम्म कोरोनाविरुद्धको भ्याक्सिन भने बन्नेछ।’

जानकारहरुका अनुसार लकडाउन खुकुलो पार्नासाथ कोरोनाको दोस्रो लहर सुरु हुन सक्छ। लकडाउनमा राहात दिएसँगै अमेरिकाका थुप्रै सहरमा कोरोना संक्रमणका अत्याधिक मामिला अगाडि आइरहेका छन्।

अमेरिकामा हालसम्म २० लाखभन्दा बढी मानिस कोरोनाको चपेटामा आइसकेका छन्। जब कि ज्यान गुमाउनको संख्या १ लाख १५ हजार ५०० भन्दा बढी छ। 

उता कोरोनाबाट अतिप्रभावित न्युयोर्कका गर्भनर एन्ड्रु कुमोले लकडाउन हटाउनु ठूलो गल्ती साबित हुन सक्ने बताएका छन्। उनले भनेका छन्, ‘विश्वको थुप्रै देशमा हामीले देखिरहेका छौँ कि लकडाउन हटाएपछि संक्रमणको दोस्रो लहरको खतरा बढेको छ। यसलाई हामीले जनरअन्दाज गर्न मिल्दैछ।’ – एजेन्सी