काठमाण्डौ। चिनियाँ अनुसन्धानकर्ताहरुले कोरोना संक्रमणबाट मुक्त भएकाहरुले आफ्नो ब्लड प्लाज्मा डोनेट गर्न ढिला गर्न नहुने नयाँ तथ्य सार्वजनिक गरेका छन्।

ब्लड प्लाज्मा डोनट गर्न ढिला हुँदा कोरोनाभाइरसलाई हराउने एन्टीबडीको मात्रा शरीरमा २–३ महिनाभित्रै कम हुँदै जान्छ र उनीहरुको शरीरको ब्लड प्लाज्माले मुश्किलले अन्य संक्रमितलाई बचाउन सक्छ। 

चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रको शाखा चोङकिङ मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यस्तो नयाँ तथ्य सार्वजनिक गरेका हुन्। अनुसन्धानकताले आफ्नो अनुसन्धानका क्रममा ७४ जनालाई तीन महिनासम्म अध्ययन गरेका थिए। ७४ जनामध्ये ३७ जनालाई कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन। जब कि अन्य ३७ जना कोरोना संक्रमित बनेपछि निको भएका थिए। 

अध्ययनपश्चात् चिनियाँ अनुसन्धानकर्ताहरुले कोरोनाको लक्षण देखिएका संक्रमितको रगतमा स्वस्थ भएको दुई महिनापछि इम्योग्लोबिन–जी (आईजीजी) एन्टीबडीको मात्रा ७६.२ प्रतिशत कम भएको थियो। त्यस्तै न्युट्रिलाइजिङ एन्टीबडीको मात्रामा ११.७ प्रतिशतको गिरावट देखिएको थियो। 

कुनै पनि लक्षण नदेखिएर संक्रमणमुक्त भएकाहरुमा भने सोही क्रममा आईजीजी एन्टीबडीकोे मात्रामा ७१.१ र न्युट्रिलाइजिङ एन्टीबडीको मात्रामा ८.३ प्रतिशतको गिरावट देखिएको थियो। 

अनलाइन रिसर्च पत्रिका नेचर मेडिसिनमा प्रकाशित अनुसन्धानमा यसबारे विस्तृत जानकारी दिइएको छ। तथापि विशेषज्ञहरुले यसबारेमा कुनै पनि टिप्पणी गरेका छैनन् तर तमाम आँकडा हेरेर के थाहा पाउन सकिन्छ भने कोरोना संक्रमणमुक्त भएकाहरुले जतिसक्दो चाँडो ब्लड प्लाज्मा डोनेट गर्नुपर्दछ। अन्यथा यसले अन्य संक्रमितलाई निको पार्न सम्भावना न्यून हुँदै जान्छ। 

कोरोनाविरुद्धको लडाइँमा इम्योग्लोबिन–जी (आईजीजी) र  न्युट्रिलाइजिङ एन्टी गरी दुई प्रकारका एन्टीबडीको भूमिका अहम देखिएको छ। तर यस मामिलामा आईजीजी इन्टीबडीले कति महत्व राख्नेमा अहिलेसम्म पत्ता लागिसकेको छैन। – एजेन्सी