काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज शुक्रबार अन्तिम मौका रहेको छ।
कम्पनीले गत फागुन १८ गतेदेखि चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको१०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबराबर नयाँ थप ६ कित्ता सेयरका दरले) हकप्रद निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सेयरधनीहरुका लागि ३८ करोड४९ लाख १२ हजार रुपैयाँ सेयरपुँजीबराबर प्रतिसेयर १०० अंकित दरका कुल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।
हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत माघ २७ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। त्यसैले यो हकप्रदमा माघ २६ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।
यो हकप्रद बिक्रीपछि कम्पनी चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।
8 minutes ago
43 minutes ago
56 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago