काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएभिर/रिटोनाभिर औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको छ। 

मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी संक्रमित बिरामीको उचारमा प्रयोग हुने लोपिनएभिर/रिटोनाभिर औषधि कोरोना संक्रमितको मृत्युदर रोक्न असफल भएपछि डब्ल्यूएचओले प्रतिबन्ध लगाएको हो। कोरोना उपचारको खोजमा जारी अलगअलग भ्याक्सिन र औषधिको ट्रायलमा यी औषधिले आशाको किरण जगाएको अवस्थामा डब्ल्यूएचओले प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो प्रतिबन्ध त्यतिबेला लाग्दैछ जब कि विश्वभर पहिलोपटक एकैदिन २ लाखभन्दा बढी संक्रमणको मामिला बाहिर आएको छ। 

डब्ल्यूएचओले आफ्नो वक्तव्यमा यी औषधिको मेडिकल ट्रायलका क्रममा अस्पतालमा भर्ना गरिएको कोरोना संक्रमितमा प्रयोग गरिँदा मृत्युदर निकै कम वा नगण्य रुपमा घटेकोले असफल मानिँदै प्रतिबन्ध लगाइएको हो। ‘त्यसैले अब यी औषधिको ट्रायल तत्कालै बन्द गर्न भनिएको छ’, वक्तव्यमा भनिएको छ।

यसअघि विश्वका विभिन्न देशमा डब्ल्यूएचओकै अगुवाइमा यी औषधि कोरोना उपचारका लागि ट्रायलका रुपमा प्रयोग भइरहेको थिया। संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेनसीका अनुसार एउटा अन्तर्राष्ट्रिय कमिटीको सिफरिसमा डब्ल्यूएचओले यो निर्णय लिएको हो। – एजेन्सी